Home Bibles लूका 24:52 · नेपाली बाइबल
लूका 24:52 · नेपाली बाइबल

चेलाहरूले उहाँको आराधना गरे। त्यसपछि तिनीहरू यरूशलेम र्फकिए। तिनीहरू अत्यन्तै खुशी थिए।

Cross references

भजनसंग्रह 30:11

मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो! तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो। तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो र खुशीयालीले मलाई ढाकिदिनु भयो।

मत्ती 28:9

तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा, येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो। येशूले भन्नुभयो, अभिवादन छ! “आईमाईहरू येशूकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्रेर उहाँको उपासना गरे।

मत्ती 28:17

येशूले भन्नुभएको डाँडामा तिनीहरू पुगे। चेलाहरूले येशूलाई डाडामाथि देखे। तिनीहरूले येशूको उपासना गरे। तर अर्को शंका थियो।

यूहन्ना 14:28

म गइरहेछु भनेको तिमीले सुन्यौ, तर फेरि तिमीहरूकहाँ आउनेछु। यदि तिमीहरूले मलाई प्रेम गरेको भए तिमीहरू खुशी हुने थियौ कि म पिताकहाँ गइरहेछु। किन? किनभने पिता म भन्दा महान हुनुहुन्छ।

यूहन्ना 16:7

तर म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किन? किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइन भने, सहायक तिमीहरूकहाँ आउने छैन।

यूहन्ना 16:22

तिमीहरूसंग पनि ठीक त्यस्तै हुनेछ। अहिले तिमीहरू दुःखीछौ। तर म तिमीहरूलाई फेरि देख्नेछु र तिमीहरू खुशी हुनेछौ। अनि कसैले पनि तिमीहरूको खुशी खोसेर लानेछैन।

यूहन्ना 20:28

थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”

1 पत्रुस 1:8

तिमीहरुले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरु उहाँलाई प्रेम गर्छौ। तिमीहरुले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरु उहाँमाथि विश्वास गर्छौ। तिमीहरु अकथनीय अनि गौरवमय आन्नदले परिपूर्ण छौ।

Interlinear

Choose Theme