Home Bibles मत्ती 28:17 · नेपाली बाइबल
मत्ती 28:17 · नेपाली बाइबल

येशूले भन्नुभएको डाँडामा तिनीहरू पुगे। चेलाहरूले येशूलाई डाडामाथि देखे। तिनीहरूले येशूको उपासना गरे। तर अर्को शंका थियो।

Cross references

भजनसंग्रह 2:12

तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ। यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ। जसले परमप्रभुमाथि विश्वास गर्दछन् उनीहरू सुखी हुन्छन्। तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।

भजनसंग्रह 45:11

यसकारण राजा तिम्रो सुन्दरतादेखि मक्ख पर्नेछन्। ऊ तिम्रो नयाँ लोग्ने हुनेछ। यसैले तिमीले उनको सम्मान गर।

मत्ती 16:28

तिमीहरूलाइ साँचो भन्दछु। कोही मानिस जो यहाँ उभिरहेको छ, त्यसले आफ्नो मृत्यु हुनु भन्दा अघि मानिसका पुत्रको राज्य आएको देख्नेछन्।”

मत्ती 28:9

तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा, येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो। येशूले भन्नुभयो, अभिवादन छ! “आईमाईहरू येशूकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्रेर उहाँको उपासना गरे।

यूहन्ना 5:23

परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदार गरेकाछन्। यदि ऊ जसले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो।

1 कोरिन्थी 15:6

त्यसपछि पाचँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्युभाईहरू आज सम्म जीवित छन् त कोही मरिसके।

Interlinear

Choose Theme