Home Bibles ☰ Books लूका 20:38 · नेपाली बाइबल
लूका 20:38 · नेपाली बाइबल

परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।”

Cross references

भजनसंग्रह 16:5

अहँ, मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ। हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ, तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।

भजनसंग्रह 22:23

सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्दछन् परमप्रभुको प्रशंसा गर। हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ। हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।

भजनसंग्रह 145:1

म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु। म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।

यूहन्ना 6:57

जीवित पिताले मलाई पठाएका हुन्। उहाँको कारणले म बाँच्छु। यसर्थ जसले मलाई खाँदछ मेरो कारणले पनि ऊ बाँच्नेछ।

यूहन्ना 11:25

येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।

यूहन्ना 14:19

केही समय पछि बाटै मलाई संसारमा मान्छेहरूले फेरि देख्नेछैन। तर तिमीहरूले मलाई देख्नेछौं। तिमीहरू बाँच्नेछौं किनभने म बाँच्छु।

रोमी 6:10

हो, जब ख्रीष्ट मर्नु भयो, उहाँ पापको शक्तिलाई जित्न एकैपल्ट मर्नु भयो। अब उहाँसँग नयाँ जीवन छ अनि त्यो नयाँ जीवन परमेश्वरसँग छ।

रोमी 6:22

तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ।

रोमी 14:7

हो, हमी सबैजना प्रभुको लागि बाँच्दछौं। हामी आफ्नै निम्ति बाँच्दैनौं अथवा आफ्नै निम्ति मर्दैनौं पनि ।

2 कोरिन्थी 6:16

परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छः“म तिमीहरूसित बस्छु, तिनीहरूसितै हिंड्छु म तिमीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”

2 कोरिन्थी 13:4

यो साँचो हो कि ख्रीष्ट दुर्बल हुनु हुन्थ्यो। जति बेला क्रूसमा टाँगिए। तर यस घरीष्ठ्व उहाँ परमेश्वरको शक्तिले जीवित हुनु हुन्छ। अनि यो पनि साँचो हो कि हामी ख्रीष्टमा दुर्बल छौं। तर तिमीहरूकालागि परमेश्वरको शक्तिले हामी ख्रीष्टसित रहनेछौं।

कलस्सी 3:3

तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमश्वरमा ख्रीष्टसित छ।

हिब्रू 11:16

तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।

Interlinear

Choose Theme