Home Bibles लूका 2:35 · नेपाली बाइबल
लूका 2:35 · नेपाली बाइबल

यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ”

Cross references

व्यवस्था 8:2

अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरूभूमिमा चालीस वर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो।

न्यायकर्ता 5:15

इस्साकारका अगुवाहरू दबोरासितै आए; तिनीहरूले बाराकलाई सर्मपण गरेका थिए। ती मानिसहरू हिंडेर भञ्ज्याङ गए। रूबेन, तिम्रा सेनाहरूमा अनेक साहसी सेनाहरू छन्।

भजनसंग्रह 42:10

मेरा शत्रुले लगातार मेरो अपमान गर्दछ र मार्ने तरिकाले प्रहार गर्दछ अनि मलाई सोध्दछ, “तेरो परमेश्वर कहाँ छ? के तँलाई बचाउन अहिलेसम्म आएको छैन?”

मत्ती 12:24

जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”

लूका 16:14

फरिसीहरूले यी सब सुनिरहेका थिए। फरिसीहरूले येशूको निन्दा गरे किनभने तिनीहरू सबैले धनलाई प्रेम गर्थ।

यूहन्ना 8:42

येशूले ती यहूदीहरूलाई भन्नुभयो, “यदि परमेश्वर साँच्चै तिमीहरूका पिता भएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियौ। म परमेश्वरबाटै आएको हुँ, र म यहाँ छु। म आफ्नै अधिकारबाट आएको होइन। परमेश्वरले मलाई पठाउनु भयो।

यूहन्ना 15:22

यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिनीहरू पापका-दोषी हुने थिएनन्। तर अब मैले तिनीहरूलाई जनाएँ र अब तिनीहरू पापबाट माफी हुने छैन।

यूहन्ना 19:25

येशूकी आमा क्रूसकै नजिक उभिएकी थिइन। उहाँकी आमाको बहिनी, क्लोपासकी पत्नी पनि मरियमसँग उभिरहेकी थिइन्। मग्दलिनी मरियम पनि उभिरहेकी थिइन्।

प्रेरित 8:21

यस काममा हामीसंग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन।

1 कोरिन्थी 11:19

तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ।

1 यूहन्ना 2:19

ख्रीष्टका शत्रुहरु हाम्रा समूहमा थिए। तर तिनीहरुले हामीलाई त्याग गरे। तिनीहरु वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरु हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरुले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरु कोही पनि वास्तवमा हामिसित थिएनन्।

Interlinear

Choose Theme