Home Bibles यूहन्ना 19:25 · नेपाली बाइबल
यूहन्ना 19:25 · नेपाली बाइबल

येशूकी आमा क्रूसकै नजिक उभिएकी थिइन। उहाँकी आमाको बहिनी, क्लोपासकी पत्नी पनि मरियमसँग उभिरहेकी थिइन्। मग्दलिनी मरियम पनि उभिरहेकी थिइन्।

Cross references

मत्ती 12:46

जब येशू मानिसहरूसित अझ बातचीत गर्दे हुनुहुन्थयो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशुसँग भेट गर्न चाहन्थे।

मत्ती 27:55

क्रूस देखि धेरै टाढा बसेर धेरै आईमाईहरू पनि हेरिरहेका थिए। ती आईमाईहरूनै गालीलदेखि येशूको साथ देखरेख गर्न उहाँसंगै आएका थिए।

मर्कूस 15:40

केही स्त्रीहरू केही पर उभिएर क्रूसतर्फ हेरिरहेका थिए। तिनीहरूमध्ये मग्दलिनी मरियम, सलोमी, अनि याकूब र यूसुफकी आमा मरियम पनी त्यहीं थिईन्। (याकूब उनको कान्छो छोरो थियो)

मर्कूस 16:9

हप्ताहको पहिलो दिनमा येशू मृत्युबाट बौरी उठ्नु भयो। उहाँ पहिले मरियम मग्दलिनीसित देखापूर्न भयो। जसबाट उहाँले सात भूतहरू निकाल्नु भएको थियो।

लूका 2:35

यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ”

लूका 8:2

त्यहाँ उहाँसंग यस्ता स्त्रीहरु पनि थिए जो रोग तथा दुष्ट आत्माबाट छुटकारा भएका थिए। तिनीहरू माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई। त्यो मग्दलिनी शहरको वासिन्दा थिई। उसकोबाट सातवटा भूतहरू निकालिएको थियो।

लूका 23:49

येशूका घनिष्ट सबै साथीहरू त्यहीं थिए। गालीलदेखि येशूलाई पछ्याएर आउने केही स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू क्रूसदेखि धेरै टाडा थिए अनि हेरिरहेका थिए।

लूका 24:18

तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घटनाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हौ कि?”

यूहन्ना 20:1

हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी येशूको चिहानमा गई। तिनले देखिन कि त्यो ठूलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुंगा हाटाइएको थियो।

यूहन्ना 20:11

तर मरियम चिहानकै बाहिर उभिएर रोइरही। जब रोई रहेकी थिइन् चिनहान भित्र हेर्नु तिनी निहुरिन्।

Interlinear

Choose Theme