उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, मेरो घर प्रार्थनाको घर हुनेछ।तर तिमीहरूले यसलाई डाँकूहरको वासस्थानमा परिणत गरेका छौ।”
Cross references
हे परमप्रभु, तपाईंको नियम सर्वदा चल्ने छ तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।
परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई मेरो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा खुशी पार्नेछु। तिनीहरूले चढाएका होमबलि र बलिदानहरूले मलाई खुशी पार्नेछ। किन? किनभने मेरो मन्दिर सबै जातिहरूका निम्ति प्रार्थनाको घर हुनेछ।”
यो मन्दिर मेरो नाउँद्वारा डाकिन्छ। के यो घर तिमीहरूका लागि डाकाहरू लुक्ने ठाउँ बाहेक केही होइन जस्तो लाग्छ? म तिमीहरूलाई नियाली रहेछु।”‘ यो सन्देश परमप्रभुबाट आएको थियो।
मन्दिरको नियम यस्तो छ पर्वतको टाकुराका सारा क्षेत्र अति पवित्र हुनेछ। यो मन्दिरको नियम हो।
“याकूब एक व्यापारी हो। ऊ आफ्नो साथीहरू समेतलाई ठग्छ। उसको तराजु झूटो छ।
“शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ।