लूका 19:45 · नेपाली बाइबल
येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेद्नु भयो।
Cross references
व्यवस्था 14:25
त्यो दशांश अन्न बेच र बेचेको दाम लिएर परमप्रभुले छान्नु भएको घरमा जाऊ।
मत्ती 21:12
येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो।
मर्कूस 11:15
तिमीहरू यरूशलेम जानुभयो। येशू मन्दिर जानुभयो। उहाँले मन्दिर इलाकाबाट बेच्ने र किन्नेहरूलाई बाहिर निकाल्नु भयो। उहाँले विभिन्न पैसा-रूपियाँका लेनदेन गर्नेहरूको टेबलहरू पल्टाइदिनु भयो। ढुक्कुर बेच्नेहरूको चौकीहरू पनि उहाँले पल्टाइदिनु भयो।
यूहन्ना 2:13
यहूदीहरूको निस्तार चाडअति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो।