Cross references
आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ।
त्यसको केही बेरपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। चेलाहरू येशूको साथमा एकान्तमा आए। तिनीहरूले भने, “यो घटना कहिले हुनेछ कृपया हामीलाई पनि भन्नुहोस्। तपाईंको आगमनको र संसारको अन्तको संकेत के हुनेछ?”
जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ।
मानिसको पुत्र आउदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो।
मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो। मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ।
येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।”
त्यसपछि मानिसहरूले मानिसका पुत्रलाई महान शक्ति र महिमासित बादलमा भएर आउँदै गरेको देख्नेछन्
“तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अन्त सम्म चम्कन्छ।
त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ।
तब मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादल माथि आउँदै गरेको देखिनेछ।
“होशियार बस! आफ्नो समय महाभोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ।
यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन र्पखिरहरूञ्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन।
अनि कष्टमा परेका तिमीहरूलाई परमेश्वरले शान्ति दिनुहुन्छ। परमेश्वरले यस्तै सहायता गर्नुहुन्छ जब प्रभु येशू आउनु हुन्छ। उहाँको शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट येशू तल आउनु हुनेछ।
यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।
यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरुले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरुलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ।
तर तिमीहरु खुशी हुनु पर्छ किनकि तिमीहरु ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरु खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ।
हेर, येशू मेघहरुमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरुले, ती मानिसहरु जसले घोंचेका थिए तिनीहरुले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरु जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।