“तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अन्त सम्म चम्कन्छ।
Cross references
परमेश्वरले आकाशको वारपार आफ्नो बिजुली चम्काउनु हुन्छ अनि यसले सम्पूर्ण पृथ्वी नै चम्काउँछ।
परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ। परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ अनि सेनाहरू मरूभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर, म मेरो समचार-वाहकलाई पठाउँदैछु। उसले मेरो निम्ति बाटो तयार पर्नेछ। मालिक तपाईं जसको खोजिमा हुनुहुन्छत्यो अचानक उसको मन्दिरमा आउँनेछ। करारको समाचार-वाहक साँच्चै आउँदैछ।
“त्यो न्यायको समय आउँदैछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेछ। ती सबै पापी मानिसहरू सुख्खा घाँसजस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पराल जस्तै हुनेछ जसको कुनै हाँगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।
जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ।
“त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्।
“मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गदूतहरू पनि उहाँसंगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ।
येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।”
तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ।
यदि कतैबाट तिमीहरूले प्रभुको आगमन भइसकेको चाल पाए तिमीहरू सजिलै बिचलित हुने अथवा डराउनै पर्दैन। कसै-कसैले भन्लान कि यो अगमवाणीमा छ अथवा सुसमाचारमा छ अथवा तिमीहरू चिट्ठी पढ्न सक्छौ जुन तिमीहरूले भन्छन् कि तिनीहरू हामीबाट आएका हुन्।
त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ।
तिमीहरू धैर्यवान हुनुपर्छ। आशा नमार। प्रभु येशू चाँच्च्ै आउनु हुँदैछ।
तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरु आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरु आगोले जलाउनेछ।