व्यवस्थाको सूक्ष्म अंश पनि परिवर्त्तन गरिनु भन्दा स्वर्ग र पृथ्वी नै अल्पिनु अझ सजिलो छ।
Cross references
धेरै वर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो। तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो।
घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ। तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।”
माथि आकाशमा हेर! तल पृथ्वी वरिपरि हेर! आकाश बादलहरूका धूँवा सरह अल्गिदै जानेछ। पृथ्वी काम नलाग्ने पुरानो लुगा सरह हुनेछ। पृथ्वीमा भएका मानिसहरू मर्नेछन् तर मेरो उद्धार सदा-सर्वदा रहिरहनेछ। मेरो सद्भावना कहिल्यै अन्त हुनेछैन।
म साँचो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउञ्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन।
आकाश र पृथ्वी ध्वंस हुनेछ; तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्।
यसकारण हामीले विश्वासको बाटोमा लागेर व्यवस्था नष्ट गरिदिनु? होइन! विश्वासले हामीलाई त्यही बनाउँछ जुन व्यवस्थाले चाहन्छ।
तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।”
तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरु आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरु आगोले जलाउनेछ।
तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए।
तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन।
परमेश्वरले तिनीहरुको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरु बितेर गए।”