Home Bibles प्रकाश 21:4 · नेपाली बाइबल
प्रकाश 21:4 · नेपाली बाइबल

परमेश्वरले तिनीहरुको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरु बितेर गए।”

Cross references

भजनसंग्रह 144:4

मानिसको जीवन मात्र हावाको झोंका हो। मानिसको जीवन अस्थायी छाया जस्तो मात्र हो।

यशैया 25:8

तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।

यशैया 30:19

परमप्रभुका मानिसहरू यरूशलेम र सियोन पर्वतमा बस्नेछन्। तिमीहरू लगातार रूने छैनौ। परमप्रभुले तिमीहरू रोएको सुन्नु हुनेछ अनि सान्तवना दिनु हुनेछ। परमप्रभुले तिम्रो विलाप सुन्नु हुनेछ, अनि उहाँले तिमीलाई सहयोग गर्नुहुनेछ।

यशैया 35:10

परमेश्वरले आफ्ना मानिसहरूलाई स्वतन्त्र पारिदिनु हुनेछ। अनि ती मानिसहरू उहाँकहाँ फर्केर आउनेछन्। मानिसहरू खुशी हुने छन् जब उनीहरू सियोनभित्र आउने छन्। मानिसहरू सदा-सर्वदाको लागि खुशी हुनेछन्। तिनीहरूको खुशी उनीहरूको शिरको मुकुट हुनेछ। तिनीहरूको रमाहट र आनन्दले तिनीहरूलाई भरिपूर्ण पार्नेछ। शोक र उदासीनताको दिनहरू टाढा-टाढा भाग्नेछन्।

यशैया 51:11

परमप्रभुले उहाँका मानिसहरूलाई बचाउनु हुन्छ। तिनीहरू आनन्दित भएर सियोन फर्किनेछन्। तिनीहरू अत्यन्त खुशी हुनेछन्। तिनीहरूका खुशीयाली तिनीहरूको शिरको एउटा मुकुट सरह सदा-सर्वदा रहने छ। तिनीहरूले खुशीसँग गाउनेछन् सबै दुखद अवस्थाहरू टाढा हटेर जानेछ।

यशैया 60:20

“तिम्रो ‘सूर्य’ कहिल्यै अस्ताउने छैन फेरि तिम्रो ‘चन्द्रमा’ कहिल्यै अन्ध्यारो हुनेछैन फेरि। किनभने परमप्रभु नै अनन्तको प्रकाश हुनुहुनेछ। अनि तिम्रो शोकका दिन अन्त हुनेछ।

यशैया 61:3

परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू र ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’

यशैया 65:18

मेरा मानिसहरू खुशी हुनेछन्। तिनीहरू सदा सर्वदा आनन्दित हुनेछन् किन? किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु।

यर्मिया 31:13

तब इस्राएलका तरूणीहरू आनन्दले मग्न हुँदै नाच्नेछन्। अनि जवान र बूढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुने छन्। म तिनीहरूका उदासीपनलाई र्हष र अनन्दामा परिवर्त्तन गरिदिन्छु। म इस्राएलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु।

होशे 13:14

“के म उनीहरूलाई पातालको शक्तिदेखि बचाऊँ? के म उनीहरूलाई मृत्यु देखि मुक्त गराऊँ? हे मृत्यु! तेरो विध्वंशक प्रकोप कहाँ छ? हे चिहान तेरो शक्ति कहाँ छ? मेरो आखाँबाट अब दया लुकेकोछ।

मत्ती 24:35

आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।:32-37;

1 कोरिन्थी 7:31

जो संसारिक वस्तु व्यवहार गर्छन्, तिनीहरू ती वस्तुहरूमा चासो नभए झैं गरी बसुन्। तिमीहरू यसरी नै बस्नु पर्छ किन कि यो संसार, जुन अवस्थामा अहिले छ, चाँडै बितेर जाने छ।

1 कोरिन्थी 15:26

नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ।

1 कोरिन्थी 15:54

यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिनछः“मृत्यु विजयमा निलिएको छ।”

2 कोरिन्थी 6:17

“यसैले ती मानिसहरूबाट निस्केर आऊ आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ, केही नछोऊ जो असुद्ध छ अनि म तिमीरूलाई स्वीकार गर्नेछु।”

हिब्रू 2:14

ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ।

2 पत्रुस 3:10

तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरु आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरु आगोले जलाउनेछ।

1 यूहन्ना 2:17

मानिसहरुको इच्छा अनुसारको चीजहरु लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैंको निम्ति रहन्छ।ख्रीष्टको शत्रुहरुलाई नपछ्याऊ

प्रकाश 7:17

सिंहासनको माझमा भएको भेंडाको पाठा तिनीहरुको गोठालो हुनु हुनेछ। उनले तिनीहरुलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरुका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”

प्रकाश 20:14

अनि मृत्यु एवं पाताललाई अग्नि-कुण्डमा हालियो। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो।

प्रकाश 21:1

तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन।

प्रकाश 22:3

परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडाको पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरुले उहाँलाई आराधना गर्नेछन्।

Interlinear

Choose Theme