यसरी त्यो केटो उठयो अनि आफनो बाबु भेट्न गयो।“जब निकै पर देखि उ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबूको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए।
Cross references
एसाव उसलाई भेट्न दगुर्यो अनि उसलाई अँगालो हाल्यो। उनले आफ्नो भाइको छातीमा हात राख्यो र उसलाई म्वाइँ खायो अनि तिनीहरू रोए।
त्यसपछि तिनको भाइ बिन्यामीनसित यूसुफले आलिङ्गन गरे अनि तिनीहरू दुवैजना रून शुरू गरे।
यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए।
त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ।
तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।
हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ। तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ। तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
हामीले परमेश्वरको विरूद्ध पाप गर्यौ। तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन जसको लागि हामी योग्य थियौं।
तर म भन्छु, “के एउटी स्त्रीले आफ्नो नानी बिर्सिन सक्छे? अहँ! के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नो नानीलाई बिर्सिन सक्छे? यदि उसले बिर्सन सक्छे भने पनि म तिमीलाई बिर्सिने छैन।
यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला।
इस्राएल कहाँ गयो, मैले देखें। यसकारण मैले उसलाई क्षमा दिएँ। मैले उसलाई सान्त्वना दिएँ अनि उसलाई स्वास्थ्य पार्ने शब्दहरू भने। त्यसपछि ऊ र उसका मानिसहरूले उदासी अनुभव गरेनन्।
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू जान्दछौ कि एप्रैम मेरो प्यारो छोरो हो, म त्यो बालकलाई विशेष प्रेम गर्छु हो, मैले प्राय एप्रैमलाई निन्दा गरें, तर म अझ उसैको बारेमा सोच्दछु म उसलाई साँच्चै माया गर्छु। अनि म साँच्चि नै उसलाई सान्त्वना दिन चाहनन्छु।”
“त्यसपछि म (परमेश्वर) त्यताबाट गएँ। मैले त्यहाँ तिमीलाई रगतमा लटपटिएको अवस्थामा भेट्टाएँ। तिमी रगतमा लटपटिरहेको थियौ, तर मैले भनें “जीवित होऊ!” हो, तिमी रगतमा लटपटिएको थियौ, अनि मैले भनें, “जीवित हौऊ!”