Home Bibles ☰ Books लूका 14:18 · नेपाली बाइबल
लूका 14:18 · नेपाली बाइबल

तर सबै पाहुनाहरूले भने कि तिनीहरू जान असमर्थ थिए। प्रत्येकले एक एक वहना बनाए। पहिलो मानिसले भन्यो, मैले भर्खरै एउटा खेत किनेकोछु, यसर्थ यसलाई हेर्ने म जानै पर्छ। दया गरी माफ गर्नुहोस्।

Cross references

यशैया 28:12

अतितमा परमप्रभु ती मानिसहरूसित बोल्नु भयो,‘‘यहाँ एउटा आराम गर्ने ठाउँछ। यो शान्तिमय जग्गा हो। थकित मानिस यहाँ आएर बिताउन यो शान्तिको जग्गा हो।‘‘तर मानिसहरूले परमेश्वरको कुरा प्रति ध्यनै दिएनन्।

यशैया 29:11

यी कुरारू घट्ने छन् म तिमीहरूलाई भन्छु, तर तिमीहरूले मलाई बुझ्ने छैनौ। मेरा शब्दहरू त्यस्ता शब्दहरू हुन् जो पुस्तकमा बन्द र मोहर लगाएको छ। तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिनसक्छौ जसले पढन सक्छ, अनि त्यस मानिसलाई त्यो पुस्तक पढनु भन्। तर त्यस मानिसले भन्नेछ, “म त्यो पुस्तक पढन सक्तिनँ, यो बन्द छ र म खोल्नु सक्तिनँ”

यर्मिया 5:4

तर मैले परमप्रभुलाई भनें, “यिनीहरू गरीबहरू मात्र छन्। तिनीहरू मूर्ख छन्। तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन् अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।

यर्मिया 6:10

म कोसित बोल्नु? मैले कसलाई चेताउनी दिनु? कसले मेरो कुरा सुन्छ? इस्राएलका मानिसहरूले आफ्ना कानहरू थुनेका छन्। यसकारण तिनीहरूले मेरो चेताउनी सुन्दैनन्। परमप्रभुको वचन तिनीहरूका निम्ति शरमपूर्ण हुन्छ। तिनीहरू उहाँका कुरा सुन्नु चाहँदैनन्।

यर्मिया 6:16

परमेश्वरले ती कुराहरू भन्नुभयो, “दोबाटोमा उभ अनि हेर। सोध पूरानो बाटो कहाँ छ। सोध कहाँ असल बाटो छ, अनि त्यो बाटोमा हिंड्। यदि तिमीले त्यसो गर्यौ, तिमी स्वयंले विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी असल बाटोमा हिडने छैनौ।’

मत्ती 22:5

“नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे।

मत्ती 24:38

त्यसबेला जल-प्रलय हुन अघि मानिसहरू खाइ पिइरहेका थिए। मानिसहरू विवाह गर्दै थिए र आफ्नो छोरा अनि छोरीहरूलाई विवाह गर्न दिइरहेका थिए। नूह जहाजभित्र नचडुञ्जेलसम्म मानिसहरूले यसो गरिरहेका थिए।

लूका 8:14

काँढाघारीमा झरेको बीऊहरू चाँहि के होलान? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछन्, तर तिनीहरू जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्। त्यसैले तिनीहरूबाट फलहरू लाग्न पाऊँदैन।

लूका 17:26

मानिसको पुत्र आँउदा पनि त्यही हुनेछ जुन नूहको समयमा भएको थियो।

लूका 18:24

जब येशूले त्यो मानिसलाई दुःखी भएको देख्नु भयो, उहाँले भन्नुभयो, “साँच्चै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु कठिन छ।

लूका 20:4

जब यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट अथवा मानिसकसबाट पाएका थिए?”

यूहन्ना 1:11

उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।

यूहन्ना 5:40

तर तिमीहरू जीवन पाउनलाई मकहाँ आउँन चाँहदैनौ।

Interlinear

Choose Theme