Home Bibles ☰ Books लूका 12:3 · नेपाली बाइबल
लूका 12:3 · नेपाली बाइबल

ती वचनहरू जो तिमीले अन्धकारमा भनेकाछौ त्यो उज्यालोमा सुनिनेछ। तिमीले कोठाभित्र कानेखुसी गरेको कुरा घरको छानाबाट घोषणा गरिनेछ।”

Cross references

अय्यूब 24:14

हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ। अनि रातमा त्यो चोर हुन्छ।

उपदेशक 10:12

ज्ञानीका शब्दहरूले प्रशांसित तुल्याउँछन्, परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन।

उपदेशक 10:20

राजाको निन्दा नगर अनि महानुभाव र सम्पन्न मानिसहरूको बारेमा पनि निन्दा नगर। चाहे तिमी आफ्नो घरमा एक्लै किन नहोऊ, नराम्रो कुरै नगर। किन? किन कि कुनै एउटा सानो चरो उडेर गएर तिमीले भनेका सबै कुरा तिनीहरूलाई सुनाइदेला।

मत्ती 10:27

यी सबै कुराहरू म तिमीहरूलाई अन्धकारमा भन्छु तर तिमीहरूले यो कुरा उज्यालोमा भन्नु पर्छ। यी कुराहरू म तिमीहरूका कानमा कानेखुसी गर्नेछु तर तिमीहरूले यी सबै कुराहरू सबैलाई खुल्लम-खुल्ला भन्नुपर्दछ।

मत्ती 12:36

यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ।

यहूदा 1:14

आदमका सातौं सन्तान हनोकले तिनीहरुको बारेमा येसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौं हजारौं पवित्र दूतहरुसंग आउँनु हुँदैछ।

Interlinear

Choose Theme