Home Bibles लूका 12:18 · नेपाली बाइबल
लूका 12:18 · नेपाली बाइबल

तब त्यस धनी मानसले भन्यो, म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछुर त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु।

Cross references

भजनसंग्रह 17:14

हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीमा बस्ने प्राणीहरूबाट हटाउनुहोस्। हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्। ती मानिसहरूको यो जीवनभित्र प्रचुर केही पनि छैन। ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्। तिनीहरूका नानीहरूलाई चाहे जति सबै दिनुहोस्। ती नानीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।

लूका 12:21

यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरु धनि होइनन्।”

लूका 18:4

तर न्यायाधीशले त्यस विधवालाई कुनै प्रकारको सहायता गर्न चाहेनन्। लामो समय पछि नयायाधीशले बिचार गर्यो, परमेश्वरको बारेमा म वास्तै राख्तिनँ। अनि मानिसहरूले मेरो विषयमा के सोच्छन् त्यसको पनि म वास्ता र्गदिन।

लूका 18:6

तब प्रभुले भन्नुभयो, “सुन! त्यो अन्यायी न्यायाधिशले जे भन्यो, त्यसमा केही अर्थ छ।

याकूब 3:15

यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो।

याकूब 4:15

यसर्थ तिमीहरूले भन्नुपर्छ, “यदि परमप्रभुले चाहनु हुन्छ भने हामी जीवित रहनेछौ अनि यो वा त्यो गर्नेछौ।”

Interlinear

Choose Theme