Home Bibles ☰ Books लूका 12:14 · नेपाली बाइबल
लूका 12:14 · नेपाली बाइबल

तर येशूले त्यलाई भन्नुभयो, “मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?”

Cross references

प्रस्थान 2:14

त्यस मानिसले उत्तर दियो, “कसले तिमीलाई हाम्रो न्यायकर्ता र शासक बनायो? के तिमीले मलाई पनि मार्न लागिरहेकाछौ जस्तो तिमीले त्यो मिश्री मानिसलाई मारेका थियौ?”तब मोशा डराए। उनले सोचे, “मैले के गरेको थिएँ त्यो थाह पाए छ।”

मीका 6:8

हे मानिस! परमप्रभुले तिमीहरुलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरुलाई उहाँ के चाहानु हुन्छ त्यो बताउनु भएको छ। मानिसहरुसंग तिमी साँचो बन, अरुसंग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

लूका 5:20

तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”

लूका 22:58

केही समय पछि, अर्को मानिसले पनि पत्रुसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हौ।” तर पत्रुस ले भने, “मानिस म हैनऊ”

यूहन्ना 6:15

येशूले बुझनु भयो कि आउने अनि उहाँलाई जबरजस्ती राजा बनाउने योजना मानिसहरूले गर्दै थिए। यसकारण, उहाँले त्यो ठाँउ छाडेर एक्लै पहाडमा जानु भयो।

यूहन्ना 8:11

उसले भनी, “महोदय, मलाई कसैले दोषी ठहरयाउन सकेन।”तब येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दोषी ठहरयाउँदिन, तिमी जान सक्छौ, तर फेरि पाप नर्गनू।”

यूहन्ना 18:35

पिलातसले भने, “म यहूदी होइन! तिम्रै मानिस र तिनीहरूका मुख्य पूजाहारीहरूले तिमीलाई मलाई सुम्पिए। तिमीले के भूल गरेका छौ?”

रोमी 2:1

यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नराम्रो कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैले आफूलाई जाँच गरिरहेका हुनेछौ।

रोमी 2:3

तिमीहरूले पनि ती गल्ती काम गर्नेलाई जाँच गर्छौ। तर तिमी आफै पनि त्यस्तै नराम्रो काम गरिरहेका हुनछौ। यसैले तिमीहरूलाई थाहा छ कि परमेश्वरले निश्चय न्याय गर्नुहुनेछ अनि त्यसबाट तिमीहरू भाग्न पाउने छैनौ।

रोमी 9:20

हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ?

Interlinear

Choose Theme