लूका 22:58 · नेपाली बाइबल
केही समय पछि, अर्को मानिसले पनि पत्रुसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हौ।” तर पत्रुस ले भने, “मानिस म हैनऊ”
Cross references
मत्ती 26:71
त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। ढोकामा अर्को स्त्रीले तिनीलाई देखी। त्यसले त्यहाँ भएका मानिसहरूलाई भनि, “यो मानिस पनि नासरतको येशूसँग थियो।”
मर्कूस 14:69
त्यो नोकर्नी केटीले उसलाई त्यहाँ देखी। फेरि त्यस केटीले त्यहाँ उभिरहेकाहरूलाई सोधी, “यो मानिस तिनीहरूमध्ये कै एकजना हो।”
यूहन्ना 18:25
शिमोन पत्रुस आगोको छेउमा आफूलाई न्यानो पार्दै उभिरहेको थियो। केही मानिसहरूले पत्रुसलाई भने, “तिमी त्यस मान्छेको चेलाहरू मध्ये एक हौ?”तर पत्रुसेल अस्वीकार गर्दै भन्यो, “अहँ, म होइन।”