Home Bibles ☰ Books लूका 11:19 · नेपाली बाइबल
लूका 11:19 · नेपाली बाइबल

यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने , तिम्रो मानिसहरुले अरु भुतहरु धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन्

Cross references

अय्यूब 15:6

म तिमी गल्ती छौ भनेर प्रमाण गर्न खोज्दिन। किन? तिमीले आफ्नो मुखबाट उच्चारण गरेका शब्दहरूले नै तिमी गल्ती भएको देखाउँछ। तिम्र ओठहरू तिम्रै विरूद्ध बोल्छ।

मत्ती 12:27

तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भुत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्।

मत्ती 12:41

अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निवेदक मानिसहरू यस पुस्ताको साथमा खडा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बदलेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ।

लूका 9:49

यूहन्नाले जवाफ दिए, “हे गुरुज्यू, मानिसहरूदेखि भूतहरू भगाउनलाई एकजना मानिसले तपाईंको नाउँ लिंदैथ्यो। त्यो मानिस हाम्रो दलमा नभएकोले हामीले उसलाई त्यसो गर्नवाधा दियौं।”

लूका 11:31

न्यायको दिन दक्षिण देशकी रानी यो पुस्ताका मानिसहरू विरूद्ध उठ्नेछिन् अनि तिनीहरू दोषी हुन् भनी प्रमाण दिनेछिन्। किन्? किनभने सुलेमानको ज्ञानमय शिक्षा सुन्नु तिनी धेरै टाडोबाट आएकी थिइन्। अनि म भन्दछु कि सुलेमान भन्दा म महान हुँ।

लूका 19:22

त्यसपछि राजाले त्यो नोकरलाई भने, तिमी खराब नोकर हौ! म तिमीलाई तिम्रै शब्दहरूबाट न्याय गर्छु। तिमीले भन्यौ म कठोर मानिस हुँ। तिमीले यसो पनि भन्यौ कि मैले जे कमाएको थिइनँ त्यो पैसा लिन्छु अनि जे रोपेको थिइनँ त्यसको फसल उठाउँछु।

रोमी 3:19

हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ।

Interlinear

Choose Theme