यूहन्नाले जवाफ दिए, “हे गुरुज्यू, मानिसहरूदेखि भूतहरू भगाउनलाई एकजना मानिसले तपाईंको नाउँ लिंदैथ्यो। त्यो मानिस हाम्रो दलमा नभएकोले हामीले उसलाई त्यसो गर्नवाधा दियौं।”
Cross references
एकजना जवान मानिस मोशा कहाँ दगुर्दै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।”
यसकारण यूहन्नाले भने “गुरूज्यु, हामीले एकजना मानिसलाई तपाईको नाउँ लिएर अर्को मानिसमा भएका भूतहरू भगाऊँदै गरेको भेट्यौ। त्यो हामीमध्ये कोही पनि थिएन। त्यसैले, त्यसलाई हामीले रोक्यौं, किनभने त्यो हाम्रो दलको मानिस थिएन।”
मानिसहरूले तिनीहरूको बालकहरूलाई येशू समक्ष ल्याए, ताकि उहाँले तिनीहरूलाई छोईदिऊन्। तर चेलाहरूले मानिसहरूलाई बालकहरू लिएर आएकोमा हकारे।
शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौ र पनि एउटै माछा समात्न सकेनौं। तर किनभने तपाईंले भन्नुभयो, म जाल फिजाउँछु।”
यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे।
उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।”
तिनीहरूले अयहूदीहरूलाई प्रचार गर्न वाधा दिए। हामी गैर-यहूदीहरूलाई प्रचार गर्छौं ताकि तिनीहरू पनि बाँच्न सकुन्। तर ती यहूदीहरू आफ्ना पुराना पापहरूमाथि पनि अझै पापहरू थुपादै छन्। अब तिनीहरूमाथि परमेश्वरको रिस पुरै आउनेवाला छ।
मैले मण्डलीलाई एउटा पत्र लेखँ। तर डियोत्रिफसले हामी जे भन्छौ त्यो सुनि रहेको छैन। उ सदैव तिनीहरुका नेता बन्न चाहन्छ।