परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफ्ना अनुहार भूइँतिर निहुराए।
Cross references
केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो।
जब सूर्य अस्तायो, अत्यन्तै अंन्धकार छायो। बलि चढाई मारिएका पशुहरू दुइ-दुइ टुक्रामा अहिलेसम्म जमीनमा लडिरहेको थिए। त्यही समयमा धुँवाको मुस्लो जसमा बल्दै गरेको ज्वाला थियो ती मारेर टुक्रा पारिएको पशुहरू बीचबाट गए।
तब अब्राम परमेश्वरअघि नतमस्तक भए र परमेश्वरले तिनलाई भन्नुभयो।
पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे। पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन।
वेदीमा आगो निरन्तर बलिरहोस्, त्यो निभ्नु हुँदैन।
यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुन्ने जलायो।
सबै इस्राएली मानिसहरूको सामुन्ने मोशा र हारून भूइँमा घोप्टो परे।
मोशा र हारूनले शिर निहुर्याएर भने, “हे परमेश्वर, तपाईं सबै मानिसको आत्माको परमेश्वर हुनुहुन्छ। जब एक जना मानिसहरूले पाप गर्छ, के तपाईं सम्पूर्ण समुदायसित रिसाउनु हुन्छ?”
परमेश्वरले याकूबका मानिसहरूमा कुनै त्रुटी पाउनु भएन, इस्राएलका मानिसहरूमा परमेश्वरले पाप देख्नु भएन। परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ, अनि उहाँ तिनीहरूको साथ हुनुहुन्छ। ती महान राजा तिनीहरूसित हुनुहुन्छ।
परमप्रभुको दूतसित हातमा एउटा हिंडदा टेक्ने लट्ठी थियो। परमप्रभुका दूतले त्यो लट्ठीको टुप्पोले मासु अनि रोटीलाई छोए। तब चट्टानबाट आगो उत्पन्न भयो। मासु अनि रोटी पूर्ण रूपले भस्म भयो। तब परमप्रभुको दूत अदृश्य भए।
तब मानोहले एक चट्टानमा एउटा बाख्राको पाठो बलिदान चढाए। उसले बाख्राको बलि चढाए र अन्न बलि परमप्रभुलाई अर्पण गरे जसले आश्चर्यजनक कुराहरू गर्नु हुन्छ।
मानोह अनि उसकी पत्नीले जे भइरहेछ त्यो हेरिरहे। वेदी देखि आगोको ज्वाला आकाश तिर उठदै जाँदा परमप्रभुका स्वर्गदूत आगोमा माथि स्वर्गतिर जानुभयो।जब मानोह अनि तिनकी पत्नीले त्यो देखे, तिनीहरूले आफ्नो अनुहार भूँइतिर पारेर शिर झुकाए।
तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्न चाहनुहुन्न। यदि परमप्रभुले हामीलाई मार्न चाहनु भएको भए हामीले अर्पण गरेका होमबलि अनि अन्नबलि उहाँले स्वीकार गर्नुहुने थिएन। उहाँले यी सबै कुराहरू हामीलाई देखाउनु हुने थिएन। अनि हामीलाई यी कुराहरू उहाँले भन्नुहुने थिएन।”
यसकारण परमप्रभुले आगो पठाउनुभयो। आगोले बलिदान, दाउरा, ढुङ्गा र वेदीको वरिपरिको भूमिलाई जलायो। आगोले खाडलको पानीलाई पनि सूख्खा बनायो।
हिजकियाहले परमेश्वरको सामुन्ने प्रार्थना गरे अनि भने, “परमप्रभु इस्राएलका परमेश्वर,त्यो परमेश्वर जो करूब स्वर्गदूतमाझ राजा जस्तो बस्नुभएको छ। तपाई परमेश्वर हुनुहुन्छ तपाई मात्रै धर्तीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू र पृथ्वी बनाउनु भयो।
दाऊदले त्यहाँ परमप्रभुको आराधना गर्नका निम्ति एउटा बेदी निर्माण गरे। दाऊदलले होमबलि र मेलबलि चढाए। दाऊदले परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले स्वर्गबाट आगो पठाएर दाऊदलाई उत्तर दिनुभयो। त्यो आगो तल होमबलिको बेदीमा झर्यो।
परमप्रभु, मैले तपाईंलाई बस्नका निम्ति एक मन्दिर निर्माण गरेको छु। यो एउटा उच्च मन्दिर हो, एक स्थान जहाँ तपाईं सदा सर्वदा रहनु हुनेछ।”
जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो।
इस्राएलका समस्त मानिसहरूले आगोलाई स्वर्गबाट उत्रेको देखे। इस्राएलका मानिसहरूले मन्दिरमा परमप्रभुको महिमा पनि देखे। तिनीहरूले आफ्ना अनुहार आँगनका भूँइ तिर झुकाए। तिनीहरूले परमप्रभुको आराधना गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले गीत गाए परमप्रभु असल हुनुहुन्छ। उहाँको करूणा सदा सर्वदा चलिरहन्छ।
आनि तिनीहरूले प्रत्युत्तर गीतहरू, स्तुतिगीत अनि परमप्रभुको स्तुति गरे किनभने, उहाँ भलो हुनुहुन्छ।
तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्। उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।
हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्। तपाईंले यूसुफका भेडाहरू डोर्याउनु भयो। तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ। हामी तपाईंलाई हेर्छौं।
अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।”
यी सजीव वस्तुहरुले त्यहाँ “एक” जो सिंहासनमा हुनु हुन्थ्यो, उहाँलाई महिमा, सम्मान अनि धन्यवाद अर्पण गर्छन्। उहाँ एक हुनुहुन्छ जो सदासर्वदा रही रहनु हुन्छ। अनि हरेक समय ती जीवित बस्तुहरु यसो गर्छन्,
जब भेडाको पाठोले त्यो बेहिएको पत्र लियो ती चार सजीव पशुहरु अनि चौबीस जना अग्रजहरु भेंडाको पाठोको समक्ष निहुरिए। तिनीहरु प्रत्येकसित वीणा अनि सुनौलो धूप-दानी थियो। यी सुनौलो धूप पात्रहरु परमेश्वरका पवित्र-मानिसरुको प्रार्थना हुन्।
अग्रजहरु अनि ती चार सजीव वस्तुहरु त्यहाँ थिए। सबै स्वर्गदूतहरु तिनीहरुको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरुले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे।