Home Bibles ☰ Books 1 इतिहास 21:26 · नेपाली बाइबल
1 इतिहास 21:26 · नेपाली बाइबल

दाऊदले त्यहाँ परमप्रभुको आराधना गर्नका निम्ति एउटा बेदी निर्माण गरे। दाऊदलले होमबलि र मेलबलि चढाए। दाऊदले परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले स्वर्गबाट आगो पठाएर दाऊदलाई उत्तर दिनुभयो। त्यो आगो तल होमबलिको बेदीमा झर्यो।

Cross references

प्रस्थान 20:24

मेरो निम्ति एउटा विशेष वेदी बनाऊ। त्यो वेदी बनाउन माटो प्रयोग गर। यो वेदीमा बलिको रूपमा होमबलि अथवा मेलबलि चढाऊ र त्यसको निम्ति आफ्नो भेडा, गाई तथा बाख्राहरूको उपयोग गर। यो काम तिमीहरूले प्रत्येक ठाउँमा गर जहाँ म तिमीहरूलाई मेरो सम्झना गर भन्छु। तब म आउँछु अनि तिमीहरूलाई आशिर्वाद दिन्छु।

प्रस्थान 24:4

अनि मोशाले परमप्रभुका सबै आज्ञाहरू लेखे। अर्को बिहान मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए अनि इस्राएलीहरूको बाह्र कुल समूहहरूलाई प्रतिनिधित्व गराउनु बाह्रबटा ढुङ्गाहरू राखे।

लेवी 9:24

परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफ्ना अनुहार भूइँतिर निहुराए।

गन्ती 16:50

त्यसपछि हारून भेट हुने पालमा मोशालाई भेट्न गए। महामारी थामियो।

न्यायकर्ता 6:21

परमप्रभुको दूतसित हातमा एउटा हिंडदा टेक्ने लट्ठी थियो। परमप्रभुका दूतले त्यो लट्ठीको टुप्पोले मासु अनि रोटीलाई छोए। तब चट्टानबाट आगो उत्पन्न भयो। मासु अनि रोटी पूर्ण रूपले भस्म भयो। तब परमप्रभुको दूत अदृश्य भए।

न्यायकर्ता 13:20

मानोह अनि उसकी पत्नीले जे भइरहेछ त्यो हेरिरहे। वेदी देखि आगोको ज्वाला आकाश तिर उठदै जाँदा परमप्रभुका स्वर्गदूत आगोमा माथि स्वर्गतिर जानुभयो।जब मानोह अनि तिनकी पत्नीले त्यो देखे, तिनीहरूले आफ्नो अनुहार भूँइतिर पारेर शिर झुकाए।

1 शमूएल 7:8

इस्राएलीहरूले शमूएललाई भने, “परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्नुहोस्। हामीहरूलाई पलिश्तीहरूबाट रक्षा गर्नुहोस् भनि परमप्रभुसित भन्नुहोस्।”

1 राजा 18:24

बालका अगमवक्ताहरूले उनीहरूको देवतालाई प्रार्थना गर्नेछन् अनि म मेरा परमप्रभुलाई प्रार्थना गर्नेछु। जुन परमेश्वरले प्रार्थना सुनेर दाउरा बल्न शुरू गर्छन, तिनै सत्य परमेश्वर हुनेछन्।” सबै मानिसहरूले यसलाई राम्रो विचार भनेर समर्थन गरे।

1 राजा 18:38

यसकारण परमप्रभुले आगो पठाउनुभयो। आगोले बलिदान, दाउरा, ढुङ्गा र वेदीको वरिपरिको भूमिलाई जलायो। आगोले खाडलको पानीलाई पनि सूख्खा बनायो।

2 इतिहास 3:1

सुलेमानले यरूशलेमको मोरीयाह पर्वतमा परमप्रभुको मन्दिर निर्माण गर्न शुरू गरे। मोरीयाह पर्वत त्यो स्थान हो जहाँ परमप्रभु दाऊद, सुलेमानका पिता कहाँ आउनु भएको थियो। सुलेमानले त्यस स्थानमा मन्दिर निर्माण गरे जुन स्थान दाऊदले तयार पारेका थिए। यो स्थान ढिकी भएको खलामा थियो जो यबूसी ओर्नानको थियो।

2 इतिहास 7:1

जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो।

भजनसंग्रह 51:15

हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु!

भजनसंग्रह 91:15

मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।

Interlinear

Choose Theme