Home Bibles लेवी 8:28 · नेपाली बाइबल
लेवी 8:28 · नेपाली बाइबल

तब तिनले तिनीहरूको हातबाट खाद्य लिए अनि होमबलिको वेदीमाथि राखिदिए। यो पूजाहारीहरूको नियुक्ति निम्ति बलिदान थियो। यो एउटा सुगन्धित समुद्रघर भेटी हो जसले परमप्रभुलाई खुशी पार्यो।

Cross references

प्रस्थान 29:25

त्यसपछि हारून र तिनका छोराहरूबाट यी सब चीजहरू लेऊ र वेदीमा पाठोसितै राख। अनि वेदीमा प्रत्येक चीज जलावोस्। यो आगोद्वारा चढाइएको होमबलि हो। यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ।

लेवी 1:9

“त्यसपछि पूजाहारीले त्यस पशुको खुट्टाहरू र त्यसको भित्रि भागहरू पानीले पखालोस् र ती सबै पूजाहारीले आगोद्वारा वेदीमा जलाओस् यो आगोद्वारा परमप्रभुलाई मन पर्ने सुगन्धित होमबलि समर्पण गरिएको हुनेछ।

भजनसंग्रह 22:13

तिनीहरूले मलाई गर्जंदै शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्।

जकरिया 13:7

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिर्काऊ, मेरो साथीलाई हिर्काऊ। मेरो गोठाला अनि भेंडालाई प्रहार गर! भेंडा भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।

हिब्रू 10:14

एउटै बलिले संधैको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, जजसलाई उहाँको बलिले पवित्र गराइँदैछ।

Interlinear

Choose Theme