एउटै बलिले संधैको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, जजसलाई उहाँको बलिले पवित्र गराइँदैछ।
Cross references
“अब म तिमीहरूलाई परमेश्वरको जिम्मामा अनि उहाँको अनुग्रहको संदेशमा छाडेर जाँदेछु जसले तिमीहरूलाई बलियो बनाउनेछ। त्यो सन्देशले तिमीहरूलाई आशीर्वाद दिनेछ जुन परमेश्वरले उहाँका सबै पवित्र मानिसहरूलाई दिनुहुन्छ।
हे राजन! दमीशक जाने बाटोमा मैले एउटा ज्योति आकाशबाट आइरहेको देखें। यो मध्यान्हको समय थियो। त्यसको प्रकाश सूर्यको भन्दा ज्यादा चिम्किलो थियो। त्यो प्रकाश म र मसंग जाने मानिसहरूका वरिपरि चम्कियो।
गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए।
कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ।
मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो।
उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न।
परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ।
मोशाको व्यवस्थाले कुनै कुरालाई पूर्ण बनाउन सकेन। अनि अब हामीलाई अझ असल आशा दिइएको छ जसबाट हामी परमेश्वरको नजिक आउन सक्छौं।
यसैले जो पनि उहाँको मार्फत परमेश्वरकहाँ आउँछन् ख्रीष्टले तिनीहरूलाई बचाउनु हुन्छ। ख्रीष्टले यो सदाकाल गर्नसक्नु हुन्छ, किनभने जो परमेश्वरकहाँ आउँछ त्यसको सहायताको निम्ति उहाँ सधैं बाँच्नुहुन्छ।
ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउञ्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।
यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।
व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँचो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बलि चढाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढाउन छोडदैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन।
त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो।
येशू ख्रीष्टको दास अनि याकूबको एक भाइ, यहूदाबाट। ती सबै मानिसहरु प्रति जो परमेश्वरद्वारा चुनिएकाछन्. पिता परमेश्वरले तिमीहरुलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरु येशू ख्रीष्टको विश्वासमा सुरक्षित राखिएका छौ।