Home Bibles लेवी 25:17 · नेपाली बाइबल
लेवी 25:17 · नेपाली बाइबल

एकार्कालाई नठग। आफ्नो परमेश्वरलाई आदर गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

Cross references

उत्पत्ति 20:11

तब अब्राहामले भने, “म डराएको थिएँ। मैले सोचे यस भूमिमा कसैले पनि परमेश्वरको डर मान्दैन होला यसर्थ मैले सोचें तिमीहरूले सारालाई पाउनका निम्ति मलाई मार्ने छौ।

उत्पत्ति 22:12

स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”

उत्पत्ति 39:9

मेरा मालिकले मलाई आफू समान सम्झन्छन्। तर मैले उसकी पत्नीसित सुत्नु हुँदैन। यो उचित होइन। यो परमेश्वरको बिरूद्धमा पाप हो।”

उत्पत्ति 42:18

तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हुँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु।

प्रस्थान 20:20

तब मोशाले मानिसहरूलाई भने, “नडराऊ, परमेश्वर तिमीहरूलाई जाँच्न आउनु भएकोछ। उहाँ चाहनु हुन्छ तिमीहरूले उहाँको डर मान्नु पर्छ। जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौं।”

लेवी 19:13

“तिमीहरूले आफ्नो छिमेकीसित नराम्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक।

लेवी 19:14

“बहिरका मानिसलाई नसराप। अन्धालाई लडाउने हेतुले उसको बाटोमा केही नराख। आफ्ना परमेश्वरको सम्मान गर्नुपर्छ। म परमप्रभु हुँ।

लेवी 19:32

“बूढा-पाका मानिसहरूलाई उभिएर सम्मान गर जब तिनीहरू तिम्रो एउटा कोठामा अथवा घरभित्र पस्छन्। आफ्ना परमेश्वरको डर अनि सम्मान गर। म परमप्रभु हुँ।

लेवी 25:14

“जब तिमीहरूले आफ्नो जमीन बेच्दा आफ्ना छिमेकीहरूलाई नठग। उसले पनि तिमीलाई नठगोस् जब तिमी ऊबाट जमीन किन्छौ।

लेवी 25:36

तिमीहरूले उसलाई ऋण दिए सूद-ब्याज वा नाफा नलिन र आफ्नो परमेश्वरको सम्मानमा उसलाई तिमीहरूसित बस्न देऊ।

लेवी 25:43

तिमीहरू तिनीहरूको निम्ति निष्ठुर मालिक हुनुहुँदैन। तिमीहरूले आफ्नो परमेश्वरको डर अनि आदर गर्नुपर्छ।

व्यवस्था 25:18

तिनीहरूले तिमीहरूलाई आक्रमण गरे जब तिमीहरू कमजोर र थकित थियौ। तिनीहरूले तिमीहरूको मानिसहरूलाई मारे जो बिस्तारै पछि पछि आउँदै थिए। अमिलेकीहरूले परमेश्वरको सम्मान गरेनन्।

1 शमूएल 12:24

तर तिमीहरूले परमप्रभुको डर अनि आदर गर्नैपर्छ। तिमीहरूको सम्पूर्ण हृदयले परमप्रभुको सेवा हुनुपर्छ। उहाँले तिमीहरूका निम्ति गर्नुभएको अचम्मका कार्यहरूलाई सम्झौं।

2 इतिहास 19:7

अब तपाईंहरू प्रत्येक परमप्रभुसित डराउनु पर्छ। तपाईंहरूले जे गर्नु हुन्छ सावधान हुनुहोस् किनभने परमप्रभु हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ। परमप्रभुले कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिलाई भन्दा अधिक महत्वपूर्ण ठानेर व्यवहार गर्नु हुन्न। अनि उहाँ आफ्ना निर्णय बद्ली गर्नको निम्ति धन स्वीकार गर्नु हुन्न।”

नहेम्याह 5:9

तब मैले भनें, “तिमीहरूले जे गरिरहेछौ। त्यो राम्रो छैन। तिनीहरू हाम्रा शत्रु राष्ट्रहरूको नजरबाट बाँच्नका निम्ती हाम्रा परमेश्वरप्रति सम्मानपूर्वक बाँच्नु पर्छ।

नहेम्याह 5:15

पहिलेका राज्यपाल जो मेरो अघि थिए, मानिसहरू माथि गह्रौ बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहरूबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहरूका सेवकहरू अघिका मानिसहरू माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहरू गरिन किन भने म परमेश्वरसित डराउँथे।

भजनसंग्रह 19:9

परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठीक छन्।

हितोपदेश 1:7

परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूलेअनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।

हितोपदेश 16:6

राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ।

हितोपदेश 22:22

गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट बञ्चित नगर

यशैया 3:14

परमेश्वरले ती बूढा-प्रधानहरू र अगुवाहरूका विरूद्धमा उनीहरूका कुकर्मकोलागि आफ्नो न्याय दिनुहुनेछ।परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले दाखबारीहरू जलायौ। तिमीहरूले गरीब मानिसहरूका धन-सम्पत्ति लुट्यौ जो अहिले सम्म तिमीहरूको घर-घरमा छँदैछ।

यर्मिया 7:5

यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्यौ भने, म तिनीहरूलाई यस ठाउँमा बस्न दिनेछु। तिमीहरू परस्परमा इमान्दार हुन पर्छ।

यर्मिया 22:16

तिनले गरीब र असाहय मानिसहरूलाई मद्दत गरे। यसकारण प्रत्येक कुरा तिनको लागि राम्रै भयो। ‘मलाई चिन्नु नै यसको अर्थ हो।’

मलाकी 3:5

तब मतिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरू द्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कतिमानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकमदिंदैनन्। विधुवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।

लूका 12:5

तर कोसित डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसंग डराउनु पर्छ जससित मारे पछि नरकमा फयाँक्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ।

प्रेरित 9:31

त्यसरी चारैतिर यहूदीया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पराक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उत्साहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा बृद्धि हुन थाल्यो।

प्रेरित 10:2

कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँचो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे।

प्रेरित 10:35

अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ।

रोमी 3:18

“तिनीहरूमा परमेश्वरको डर र सम्मान छैन।”

रोमी 11:20

त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन।

1 थिस्सलोनिकी 4:6

यस विषयमा तिमीहरू कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मीहरूलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं।

Interlinear

Choose Theme