Home Bibles ☰ Books लेवी 19:12 · नेपाली बाइबल
लेवी 19:12 · नेपाली बाइबल

मेरो नाम लिएर झूटो कसम नखाऊ, यदि त्यसो गर्छौ तिमीहरूले परमेश्वरको नामलाई सम्मान नगरेको बुझिनेछ। म परमप्रभु हुँ।

Cross references

प्रस्थान 20:7

“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।

लेवी 6:3

अनि यसरी ठगेको अथवा धोका दिएको अथवा अपहरण गरेकोमा आफू निर्दोष हुन झूटो स्वीकार गर्दैन।

लेवी 18:21

“तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।

लेवी 20:3

म त्यस मानिसको विरोधमा हुनेछु। उसलाई म आफ्ना मानिसहरूबाट छुट्‌याउनेछु। किन? किनभने उसले आफ्ना नानीहरू मोलेकलाई दिन्छ अनि यसरी मेरो पवित्र नामको सम्मान गरेन अनि मेरो पवित्र स्थानलाई अशुद्ध बनाउँछ।

लेवी 24:11

इस्राएली आमाको छोरोले सराप्दै परमप्रभुको नामको नराम्रो कुरा गर्यो अनि मानिसहरूले उसलाई मोशाकहाँ ल्याए। (आमाको नाम शलोमीत थियो अनि तिनी दान कुलकी दिब्रीकी छोरी थिइन्।)

लेवी 24:15

तिमीले इस्राएलका मानिसहरूलाई भनः “यदि कुनै मानिसले आफ्नो परमेश्वरलाई सराप्छ भने उसलाई दण्ड दिनु पर्छ।

व्यवस्था 5:11

“यदि कसैले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ व्यर्थमा लिए ती मानिस दोषी हुन्छ अनि परमप्रभुले उसलाई निर्दोष पार्नु हुन्न, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा लिनु हुँदैन।

भजनसंग्रह 15:4

त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ जसले परमेश्वरलाई घृणा गर्छ। तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ। यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।

यशैया 48:1

परमप्रभु भन्नुहुन्छ, “हे याकूबका परिवार हो मलाई ध्यान दिएर सुन्। तिमीहरू आफैले आफूलाई इस्राएल भन्यौ। तिमीहरू यहूदाको वंशहरू हौं। तिमीले वचन राख्नलाई परमप्रभुको नाउँ चलायौ, तिमीले इस्राएलको परमेश्वरको स्तुति गान गर्यौ। तर तिमी धार्मिक र निष्कपट थिएनौ जब तिमीले ती कुराहरू गर्यौ।”

यर्मिया 4:2

‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ र त्यसलाई सरलता, इमान्दारी अनि धार्मिकतासित पालन गर्छौ भने जाति-जातिहरू परमप्रभुको नाउँद्वारा जाति-जातिहरू आफै धन्य हुनेछन् अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”

यर्मिया 5:2

मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।”

यर्मिया 7:9

के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ?

यर्मिया 34:16

तर फेरि, तिमीहरूले आफ्ना मन बद्लियौ। तिमीहरूले मेरो नाउँको बेइज्जत गर्यौ। तिमीहरूले मुक्ति दिएका कमारा-कमारीहरूलाई फर्काई ल्यायौ र बलपूर्वक तिनीहरूलाई कमारा-कमारी बनायौ।

Interlinear

Choose Theme