Home Bibles व्यवस्था 12:13 · नेपाली बाइबल
व्यवस्था 12:13 · नेपाली बाइबल

तिमीहरू निश्चय गर तिमीहरूको होमबलि आफ्नो इन्छा गरेको स्थानमा चढाउने छैनौ।

Cross references

लेवी 17:2

“हारून, तिनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भन। तिनीहरूलाई भन, परमप्रभुले दिनुभएको आज्ञा यही हो।

लेवी 17:3

इस्राएलीहरूले एउटा साँढे एउटा पाठो अथवा एउटा बोका पालको बाहिर अथवा भित्र काट्नु सक्थ्यो।

व्यवस्था 12:6

त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्याउनु पर्छ।

यहोशू 22:15

यसर्थ यी एघारजना मानिसहरू गिलाद तिर गए। तिनीहरू रूबेन, गाद अनि आधा कुल मनश्शेका मानिसहरूसित कुरा गर्न गए। ती एघारजना मानिसहरूले तिनीहरूलाई भने,

यहोशू 22:29

“साँच्चै नै हामी परमप्रभुको विरूद्ध जान चाहँदैनौं। उहाँको अनुसरण नगर्ने हाम्रो इच्छा छैन। हामी जान्दछौं सत्य वेदी त्यही मात्र हो जो पवित्र पालको समक्ष छ। त्यो वेदी परमप्रभु हाम्रा परमेश्वरको हो।”

1 राजा 12:28

यसकारण राजाले आफ्ना सल्लाहकारहरूलाई के गर्नु पर्ने हो भनी सोधे अनि दुइवटा सुनको बाछाहरू बनाए। राजा यारोबामले उसका मानिसहरूलाई भने, “तिमीहरूले आराधना गर्नका लागि यरूशलेम जानु पर्दैन। हे इस्राएली हो, यी ती देवताहरू हुन् जसले तिमीहरूलाई मिश्रबाट ल्याए।”

1 राजा 15:34

तर बाशाले त्यही सब कामहरू गरे जसलाई परमप्रभुले भूल कामहरू थिए भनि भनेको थियो। उनले पनि ती पापहरू गरे जो यारोबामले गरेको थियो। यारोबामले पनि इस्राएलीहरूलाई पाप गर्न लगाए।

2 इतिहास 15:17

उच्च स्थानहरू इस्राएलबाट हटाइएन, तर आशाको हृदय आसाको जीवनकाल भरि परमप्रभु प्रति विश्वसनीय रह्यो।

Interlinear

Choose Theme