Home Bibles लेवी 15:20 · नेपाली बाइबल
लेवी 15:20 · नेपाली बाइबल

एउटी स्त्रीको रजस्वला भएको समयमा त्यो जुन चीजहरूमा बस्छिन् अनि सुत्छिन् ती सब अशुद्ध हुन्छन्।

Cross references

लेवी 15:4

“ओछ्यानमा यस्तो मानिस सुत्यो भने प्रत्येक कुरामा ऊ अशुद्ध बनिन्छ। प्रत्येक कुरामा ऊ बसे त्यो पनि अशुद्ध बहुन्छ।

हितोपदेश 2:16

बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ।

हितोपदेश 5:3

कारण पर स्त्रीको मुखबाट मह टप्किन्छ अनि ओठ भद्राक्षको तेल दले झैं चिप्लो हुन्छ।

हितोपदेश 6:24

तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ।

हितोपदेश 6:35

त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिंदैनँ।

हितोपदेश 7:10

त्यसै समयमा कुनै एउटी स्त्री उसलाई भेट्न आई। उसले एउटा वेश्याले झैं लुगा लगएकी थिइ र ऊ एकदमै धूर्त थिई।

हितोपदेश 9:13

मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ।

हितोपदेश 22:27

तिमीले त्यो ऋण चुक्ता गराउनु नसके निमीकहाँ भएको सबै गुमाउनु पर्नेछ। तिमीले आफ्नो ओढने ओछ्याउने सम्म गुमाउनु पर्नेछ।-4-

उपदेशक 7:26

मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भाग्छन्। तर पापी तिनको फन्दामा पर्छ।

1 कोरिन्थी 15:33

भ्रममा नपरः “खराब संगतले असल बानी नष्ट गर्छ।”

Interlinear

Choose Theme