Home Bibles लेवी 14:21 · नेपाली बाइबल
लेवी 14:21 · नेपाली बाइबल

“तर यदि ऊ गरीब छ अनि त्यसको व्यवस्थामा गर्नु सक्दैन भने तब उसले शुद्ध हुनका लागि एउटा भेडा दोष बलिको रूपमा ल्‌याउनु पर्छ अनि एपाको दश खण्डको एक खण्ड तेल मिसाइएको मिहिन पीठो अनि एक माना जैतुनको तेल अन्न बलिको रूपमा ल्याउनु पर्छ।

Cross references

लेवी 1:14

“यदि ऊ चरा बलिको रूपमा चढाउँछ भने, त्यो होमबलि ढुकुर अथवा परेवा हुनुपर्छ।

लेवी 5:7

“यदि उसले आफ्नो दोषबलि चढाउन भेडा अथवा बाख्राको पाठीको व्यवस्था गर्न सक्तैन भने, उसले परमप्रभुलाई दोषबलि चढाउनलाई अथवा पापबाट मुक्त हुन र अर्को होमबलिको निम्ति एक जोडी परेवा अथवा ढुकुर ल्याउनुपर्छ।

लेवी 5:11

“यदि कुनै मानिसले दुईवटा ढुकुरहरू अथवा दुईवटा परेवाहरू किन्न सक्दैन भने। भने तब उसले आफ्नो पापबाट मुक्ति पाउनलाई आठ बटुको मिहिन पीठो चढाउनु पर्छ। उसले पीठोसित तेल मिसाउनु हुदैन अनि कुनै सुगन्धित धूप पनि त्यसमा मिसाउनु हुँदैन किनभने त्यो भेटी पापबलि को हुनको निम्ति हुनुपर्छ।

लेवी 12:8

यदि उसले थुमा चढाउन सक्तिन भने होमबलि र पापबलिको निम्ति एक जोडी परेवाका बचेरा अथवा ढुकुर ल्याउनु पर्छ र पूजाहारीले उसलाई शुद्ध पार्छ अनि ऊ शुद्ध हुन्छे।”

लेवी 14:22

अनि आफूले व्यवस्था गर्न सके अनुसार दुइवटा ढुकुर अथवा परेवाको बच्चा, एउटा पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।

1 शमूएल 2:8

परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ, अनि दुःख हटाई दिनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई राजा संग-संगै बसाउनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ। परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो अनि त्यसमाथि संसार बनाउनु भयो।

अय्यूब 34:19

परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न। अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्न। किन? किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।

हितोपदेश 17:5

जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ। जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन।

हितोपदेश 22:2

सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो।

लूका 6:20

उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो,हे दीन मानिसहरू, तिमीहरूलाई आशीर्वाद छ, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।

लूका 21:2

त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो।

2 कोरिन्थी 8:9

हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।

2 कोरिन्थी 8:12

तिमीहरू दिन चाहन्छौ भने मात्र तिमीहरूको दान थापिन्छ। र तिमीसित भएकोबाट तिम्रो दान जाँचिन्छ, तर तिमीहरूसँग नभएकोबाट होइन।

याकूब 2:5

सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।

Interlinear

Choose Theme