Home Bibles लेवी 13:18 · नेपाली बाइबल
लेवी 13:18 · नेपाली बाइबल

“यदि कसैको छालामा एक प्रकारको फोका छ अनि यो निको भएको छ, तब त्यस ठाउँमा सेतो दाग अथवा रातो-सेतो चहकिलो दाग बनिन्छ।

Cross references

प्रस्थान 9:9

त्यो धूलो बनिन्छ र मिश्रको भूमिमाथि उडनेछ। जब धूलोले गर्दा मिश्रका मानिसहरू र पशुहरूलाई छालामा खटिराहरू निस्कनेछन्।”

प्रस्थान 15:26

परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”

लेवी 13:25

यो पोलेको घाउबाट फैलिएको हानिकारक रोग हो। तर घाउ सुकेको पाए। त्यस मानिसलाई अरूबाट सात दिनसम्म यो हानिकारक चर्मरोग हुनाले पूजाहारीले अशुद्ध घोषणा गर्नैपर्छ।

2 राजा 20:7

तब यशैयाहले भने, “नेभाराको लेप बनाऊ अनि दुखेको ठाउँमा लगाउ।” यस कारण तिनीहरूले नेभाराको लेप बनाए अनि त्यसलाई हिजकियाको दुखेको ठाउँमा लगाए। तब हिजकियाह निको भए।

अय्यूब 2:7

तब शैतान परमप्रभुबाट विदा भयो। शैतानले अय्यूबलाई कष्टमय घाउहरू गराई दियो। पीडामय घाउहरू अय्यूबका खुट्टा देखि टाउकोसम्म शरीरभरि थियो।

भजनसंग्रह 38:3

तपाईंले मलाई दण्ड दिनुभयो। अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ। मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखिरहे छन्।

यशैया 38:21

यसैले हामी परमेश्वरको मन्दिरमा आफ्नो

Interlinear

Choose Theme