हामीले आहार खोज्नको लागि प्राणघातक उजाड ठाउँमा होम्रो जीवन खतरामा पार्यौ।
Cross references
त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदोन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलाँटको रूखमुनि बसे। त्यो फलाँटको रूख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदोनका बुबा थिए। मिद्यानीहरूबाट लुकाउनलाई गिदोन दाखरस निकाल्ने ढिकीमा केही गहुँ कुटिरहेका थिए।
दाऊदले भने, “परमप्रभु, म यो पानी खान सक्दिन। यदि यो पानी खाएँ भने, जसले प्राणको वास्ता नगरी पानी ल्याए, उनीहरूको रगत खाएको बराबर हुन्छ।” यही कारणले दाऊदले उक्त पानी खान चाहेनन्। यस्तै धेरै बहादुरीपूर्ण कामहरू गरेका थिए ती तीनजना वीरहरूले।
अहीकामका छोरो गदल्याहले ती सिपाहीहरूले सुरक्षित अनुभव गरून भनी तिनीहरूसित शपथ लिएका थिए गदल्याहले यही नै भने “यही ठाउँमा बस अनि बाबेलका राजालाई सेवा गर र यो तिमीहरूका निम्ति भलो हुनेछ।
सातौं महीनामा, एलीशाको नाति नतन्याहको छोरो इश्माएल, अहीकामको छोरो गदल्याहकहाँ उसको दशजना मानिसहरूसित आई पुग्यो। ती मानिसहरू मिस्पाको शहरमा आए। इश्माएल राज-परिवारको सदस्य थिए। उनी राजा यहूदाका हाकिमहरू मध्ये एकजना थिए। इश्माएल अनि उसका मानिसहरूले गदल्याहसँग भोजन गरे।
बाबेलका राजाले यहूदाका राज्यपालका रूपमा अहीकामको छोरो गदल्याहलाई नियुक्त गरेका थिए। यसकारण तिनीहरूले मिश्र जान यात्रा शुरू गरे अनि बेतलेहेम छेउ गेरूथ-किम्हाममा शिबिर हाले।
तिमीहरूले भन्न सक्छौ, ‘हामी मिश्रमा जानेछौं जहाँ हामी युद्धको सम्मुखिन हुनु पर्दैन, मिश्रमा हामीले युद्धको तुरहीहरू सुन्नु पर्दैन, हामी भोक भोकै बस्नुपर्दैन।’
तिमीहरू तरवारसित डराउँछौ, तर तिमीहरूलाई त्यहाँ तरवारले परास्त गर्ने नै छ। तिमीहरू भोकको चिन्ता गर्छौ तर, यसले तिमीहरूलाई मिश्रमा पनि पछ्याउनेछ अनि तिमीहरू त्यहाँ मर्नेछौ।
तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, म यरूशलेममा भोजनको लागि उब्जनी नष्ट पार्दै छु। मानिसकहाँ भोजन कम्ती रहनेछ। तिनीहरू आफ्नो भोजनको अभावले साह्रै चिन्तित हुनेछन् अनि तिनीहरूले पिउने पानी पनि नापेर (जोखेर) मात्र पिउँने छन्।
“हे मानिसको छोरो, तिमीले यस्तो गर्नुपर्छ मानौं तिमी भयभीत छौ। तिमी जब खान्छौ काम्नु पर्छ। तिमीले पानी पिउँदा चिन्तित अनि भयभीत भए झैं हुनुपर्छ।