Home Bibles ☰ Books विलाप 5:4 · नेपाली बाइबल
विलाप 5:4 · नेपाली बाइबल

हामीले पिउने पानी पनि किन्नु परेको छ। हामीले दाउराको पनि ज्याला तिर्नु परेको छ।

Cross references

व्यवस्था 28:48

यसकारण तिमीहरूले तिमीहरूको शत्रुहरूको सेवा गर्नेछौ। जो परमप्रभुले तिमीहरूको विद्धमा पठाउनु हुनेछ। तिमीहरू भोकाएका, तिर्खाएका, नाङ्गा र गरीब हुनेछौ। परमप्रभुले तिमीहरूमथि जुन एउटा भारी लाद्नु हुनेछ। तिमीहरूले आफू नाश नहुञ्जेलसम्म हटाउन सकनेछैनौ।

नहेम्याह 9:36

हेर्नुहोस, हामी आज दास छौं हो, हामी त्यस भूमिमा दासछौं जो तपाईंले हाम्रा पुर्खाहरूलाई त्यसका फलहरू अनि असल कुराहरू खान भनी प्रदान गर्नु भएको थियो।

यशैया 3:1

मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ।

इजकिएल 4:9

परमेश्वरले यसो पनि भन्नुभयो, “तिमीले रोटी पकाउनको निम्ति केही समान ल्याउनु पर्नेछ। केही गहूँ, जौं, सिमी, दाल कोदो, फापर, यो सबैलाई एउटै भाँडामा हालेर पिँध अनि पिठो बनाऊ। तिमीले यो पिठो रोटी बनाउनका निम्ति प्रयोग गर्नुपर्छ। तिमीले खाली यो रोटी मात्र 390 दिन सम्म कोल्टे परेर खानु पर्छ।

Interlinear

Choose Theme