Home Bibles ☰ Books विलाप 4:16 · नेपाली बाइबल
विलाप 4:16 · नेपाली बाइबल

परमप्रभु स्वयंले ती मानिसहरूलाई नष्ट गर्नुभयो उहाँले तिनीहरूको हेरचाह गर्नुभएन। उहाँले पूजाहारीहरूको आदर गर्नुभएन यहूदका बूढा-प्रधानहरूसँग उहाँको मैत्रीभाव थिएन्।

Cross references

उत्पत्ति 49:7

तिनीहरूलाई रिसको सराप परेको छ किनभने यो साह्रै उग्र हुन्छ। जब तिनीहरू रिसले बौलाहा भए, तिनीहरू साह्रै निर्दयी भए। तिनीहरू याकूबको भूमिमा आफ्नो अंश पाउने छैनन्। तिनीहरू याकूबको भूमिमा छरपस्ट हुनेछन्।”

लेवी 26:33

म तिमीहरूलाई देश विदेशमा छरपुष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।

व्यवस्था 28:25

“तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्।

व्यवस्था 28:64

पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरू थाहा नपाइएका देवताहरू पूज्ने छौ।

व्यवस्था 32:26

मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें। यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु।

2 राजा 25:18

मन्दिरबाट नबूजरदानले लगे मुख्य पूजाहारी सरायाह, अर्का पूजाहारी सपन्याह, तीन जना मानिसहरू जसले प्रवेशद्वारको सुरक्षा गर्ने गर्दथे तिनीहरूलाई पनि लगे।

2 राजा 25:21

यसरी यहूदाका मानिसहरू आफ्नो देशबाट बन्दीको रूपमा लखेटिए।

2 इतिहास 36:17

यसर्थ परमेश्वरले बाबेलका राजालाई यहूदा अनि यरूशलेमका मानिसहरू माथि आक्रमण गर्न निम्ति ल्याउनु भयो। बाबेलका राजाले युवाहरूलाई मन्दिरमा भएको समयमा पनि मारिदिए। यहूदा अनि यरूशलेमका मानिसहरू प्रति तिनको केही दया-माया थिएन। बाबेलका राजाले युवा अनि बृद्ध मानिसहरूलाई मारे। तिनले पुरूष अनि स्त्रीहरूलाई मारे। तिनले रोगी अनि स्वस्थ्य मानिसहरूलाई मारे। परमेश्वरले यहूदा अनि यरूशलेमका मानिसहरू दण्ड दिनु नबूकदनेसरलाई अनुमति दिन भयो।

भजनसंग्रह 106:27

परमेश्वरले अन्य मानिसहरूले तिनीहरूका सन्तानहरूलाई परास्त गरोस् भनी वचन दिनुभयो परमेश्वर हाम्रा पिता-पूर्खाहरूलाई आफ्नै सम्प्रदायहरू माझ तितर-बितर पार्न वचनबद्ध हुनुभयो।

भजनसंग्रह 106:44

तर जब-जब परमेश्वरका मानिसहरूमा संकट आई पर्यो तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे अनि उहाँले प्रत्येक पल्ट तिनीहरूको प्रार्थना सुनीदिनु हुन्थ्यो।

यशैया 9:14

तब परमप्रभुले इस्राएलको टाउको र पुच्छर काटी फालिदिनु हुनेछ। परमप्रभुले मुख्य फेद र हाँगाहरू काटेर फालिदिनु हुनेछ।

यशैया 24:2

त्यसबेला, साधरण मानिसहरू र पूजाहारीहरू एक समान हुनेछन्। दासहरू र मालिकहरू एक समान हुने छन्। दासीहरू र उनीहरूका मालिकनीहरू पनि समान हुनेछन्। किन्ने ग्राहाक र बेच्ने पसलेहरू पनि एक समान हुनेछन्। कर्जदार र साहूकारहरू एक समान हुनेछन्। बैंकवाला र बैकबाट ऋण लिनेहरू पनि समान हुनेछन्।

यशैया 47:6

“म मेरो मानिसहरूसित क्रोधित थिएँ, ती मानिसहरू मेरा हुन्, तर म क्रोधित थिएँ, यसकारण मैले तिनीहरूलाई प्रमुख बनाइँन। मैले तिनीहरू तिमीलाई दिएँ, अनि तिनीहरूलाई तिमीले दण्ड दियौ। तर तिमीले तिनीहरूमाथि कृपा राखेनौ। तिमीले बूढा-पाकहरूलाई पनि कठिन काम गर्न लगायौ।

यर्मिया 15:4

यहूदाका राजा हिजकियाहका छोरो मनश्शेले यरूशलेममा जे गरेको छ। त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति यहूदाका मानिसहरूलाई म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’

यर्मिया 24:9

“म तिनीहरूलाई जम्मै राज्यहरूमा डरलाग्दो र नराम्रो चीज बनाउनेछु। मैले तिनीहरूलाई जहाँ-जहाँ छरपस्ट पारेकोछु त्यहाँ तिनीहरूलाई अपमान, गिल्ला र श्राप का निम्ति पात्र बनाउँनेछु।

Interlinear

Choose Theme