Home Bibles विलाप 3:64 · नेपाली बाइबल
विलाप 3:64 · नेपाली बाइबल

हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्। तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।

Cross references

भजनसंग्रह 28:4

हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्। यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्। तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।

यर्मिया 11:20

तर हे परमप्रभु! तपाईं एक निष्पक्ष न्यायकर्त्ता हुनुहुन्छ। तपाईं मानिसहरूका हृदय र इच्छाहरू जाँच गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई दिने सजाय मलाई जान्न दिनुहोस् कारण मैले मेरो मामला तपाईंलाई सुम्पेको छु।

यर्मिया 15:15

हे परमप्रभु! मलाई सम्झना गर्नुहोस् र मेरो हेरचाह गर्नुहोस्। मेरा निम्ति ती मानिसहरू विरूद्ध बद्ला लिनुहोस् ज-जसले मेरो खेदो गर्छन्। तिनीहरूसित धर्य धारण नगर्नु होस्। जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने मलाई नलानु होस्। हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?

यर्मिया 50:29

काँडहरू हान्ने मानिसहरूलाई बोलाऊ, तिनीहरूलाई बाबेलमाथि काँड हान्नु भन। शहर घेराबन्दी गर भन। कसैलाई पनि नछोड। तिनीहरूका कुकर्मका फल देऊ। अन्य जातिहरूलाई जसो गरेकी थिई त्यसै गर, किनभने इस्राएलका एक मात्र पवित्र परमप्रभु विरूद्ध बाबेलले विद्रोह गरेको हो।

यर्मिया 51:56

सेना आउने छ अनि बाबेल ध्वंस पार्नेछ। बाबेलका सिपाहीहरू तितर-बितर हुनेछन् तिनीहरूका धनुहरू भाँचिने छन्। किनभने परमप्रभु परमेश्वर हुनुहुन्छ जसले परिशोधन माँग गर्नुहुन्छ। उहाँले निश्चय तिनीहरूलाई चुक्त पारिदिनु हुनेछ।

2 तिमोथी 4:14

धातुकार अलेकज्याण्डरले मलाई अत्यन्त क्षति गरेको छ। प्रभुले उसलाई योग्य दण्ड दिनुहुनेछ।

प्रकाश 6:10

यी आत्माहरुले ठूलो स्वरमा कराए, “पवित्र अनि सत्य परमप्रभु, हाम्रो हत्या गरेकोमा पृथ्वीका मानिसहरुको न्याय गर्नमा अनि उनीहरुलाई दण्ड दिनमा कति लामो समय र्पखिरहनु हुन्छ?”

प्रकाश 18:6

उसले जस्तो गरेकी थिई, ठीक त्यही गर, यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ। उसले अरुलाई जस्तो दाखरस तयार पारेकी थिई, त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।

Interlinear

Choose Theme