धातुकार अलेकज्याण्डरले मलाई अत्यन्त क्षति गरेको छ। प्रभुले उसलाई योग्य दण्ड दिनुहुनेछ।
Cross references
परमप्रभुले नै यसको न्याय गर्नुहुन्छ। मलाई गर्नु भएको अत्यचारको बद्ला परमप्रभुले तपाईंलाई दण्डित तुल्याउनु हुनेछ। तर म आफैं तपाईंको विरूद्धमा जाँदिन।
आज म नयाँ राजा भए तापनि, कमजोर छु अनि यी सरूयाहको छोराहरू जसले मलाई धेरै दुःख दिएका छन्। म आशा गर्छु परमप्रभुले यी दुष्ट काम गर्नेलाई तिनको दुष्टताको निम्ति सजाय दिनुहुनेछ।”शाऊलको परिवारमा समस्या
हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्। यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्। तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।
हे मेरो स्वामी, तपाईंको प्रेम साँचो छ। परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।
मैले ती मानिसहरूको लागि राम्रो कामहरू गरें । तर तिनीहरूले मप्रति अनुचित कामहरू गरें । म तिनीहरूलाई प्रेम गर्छु तर तिनीहरूले मलाई घृणा गर्छन्।
भरोसा गर्छु कि परमप्रभुले सबै त्यस्ता कुराहरू मेरो शत्रुप्रति गर्नुहुनेछ। भरोसा गर्दछु कि परमप्रभुले सबै त्यस्ता कुराहरू जसले मलाई मार्ने प्रयास गरे मानिसहरूका लागि गर्नु हुनेछ।
हे परमप्रभु! मलाई सम्झना गर्नुहोस् र मेरो हेरचाह गर्नुहोस्। मेरा निम्ति ती मानिसहरू विरूद्ध बद्ला लिनुहोस् ज-जसले मेरो खेदो गर्छन्। तिनीहरूसित धर्य धारण नगर्नु होस्। जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने मलाई नलानु होस्। हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?
हे परमप्रभु ध्यान दिनुहोस् अनि सुन्नुहोस् मेरा शत्रुहरू के भन्दैछन्।
हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्। तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।
यहूदीहरुले अलेकज्याण्डर नाउँ भएको एक जना मानिसलाई जनताको अगाडी उभ्याए। मानिसले उनलाई अब के गर्नु सो भने।अलेकज्याणेडरले आफ्नो हात ती भिडहरु भएतिर हल्लाए किनभने उसले तिनीहरुलाई ब्याख्या गरेर बुझाउन चाहन्थे।
हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। लेखिएको छः “दण्ड दिने काम मेरो हो, म साटो फेर्ने छु।”परमप्रभु भन्नुहुन्छ।
परमेश्वरले जे गर्नु हुन्छ ठिकसँग गर्नुहुन्छ। तिमीहरूलाई जसले कष्ट दिन्छन् तिनीहरूलाई परमेश्वरद्वारा कष्ट भोगाइनेछ।
हाइमिनियस र अलेकज्याण्डरले त्यसै गरेका थिए। तिनीहरूले परमेश्वरको विरूद्धमा बोल्नु नहुनेरहेछ भन्ने पाठ सिकुन् भनेर मैले ती दुईलाई शैतानको हातमा सुम्पिदिएँ।