हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो। मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।
Cross references
हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो। ती मूर्खहरूले तपाईंको नाउँलाई हेला गर्छन्!
स्मरण गर्नुहोस् परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्नो हृदयमा जातिहरूको तिरस्कार सहँदैछु,
हे परमप्रभु, मलाई मार्ने तिनीहरूका योजनाहरू तपाईं जान्नुहुन्छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नु होस्। तिनीहरूका पापहरू नमेटिदिनो होस्। मेरा शत्रुहरूलाई ध्वंस गर्नु होस्। जब तपाईं क्रोधित हुनुहुन्छ। ती मानिसहरूलाई दण्ड दिनु होस्।
त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।
हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो। हाम्रो अपमान हेर्नु होस्।
परमप्रभु भन्नुहुन्छ, “मलाई थाहा छ मोआब अनि अम्मोनका मानिसहरूले के गरे? तिनीहरूले मेरो मानिसहरूलाई खिसी गरे अनि आफ्नो देश अझ बिशाल बनाउनको निम्ति उनीहरूको भूमि लिए।