Home Bibles ☰ Books भजनसंग्रह 74:18 · नेपाली बाइबल
भजनसंग्रह 74:18 · नेपाली बाइबल

हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो। ती मूर्खहरूले तपाईंको नाउँलाई हेला गर्छन्!

Cross references

व्यवस्था 32:6

के परमप्रभुले तिमीहरूको निम्ति गरेकोमा कृतज्ञता त्यसरी व्यक्त गर्नु पर्छ? होइन, तिमीहरू मूर्ख र बुद्धिहीन हौ। परमप्रभु तिमीहरूका पिता हुनुहुन्छ। उहाँले तिमीहरूको सृष्टि गर्नुभयो। उहाँ तिमीहरूका सृष्टिकर्ता हुनुहुन्छ। उहाँले तिमीलाई समर्थन गर्नुहुन्छ।

व्यवस्था 32:27

तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्। शत्रुहरूले बुझ्ने छैनन्। तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्, “परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन हामीले हाम्रै शाक्तिले जित्यौं।”‘

2 राजा 19:4

सेनापतिका मालिक अश्शूरा राजाले उनलाई जिवित परमप्रभुको विषयमा नराम्रा कुराहरू भन्न पठाएका छन्। हुन सक्छ, परमेश्वरले ती सबै कुराहरू सुन्नु हुन्छ। परमप्रभुले शत्रुलाई सजाय दिनुहुनेछ यसकारण ती मानिसहरूका लागि प्रार्थना गरि दिनुहोस् जो अझै जिउँदै रहेका छन्।”‘

2 इतिहास 32:19

ती अधिकारीहरूले संसारका मानिसहरूले पूजा गर्ने देवताहरूको विरूद्ध नराम्रा कुराहरू भने। ती देवताहरू केवल मानिसहरूले अफ्ना हातहरू द्वारा बनाएका कुराहरू हुन्। त्यही प्रकारले, ती अधिकारीहरूले त्यस्तै नराम्रा कुराहरू यरूशलेमका परमेश्वरको विरूद्ध भने।

भजनसंग्रह 39:8

हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्। मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।

भजनसंग्रह 41:1

एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ, त्यसैले धेरै आशिर्वादहरू पाउनेछ। जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ।

भजनसंग्रह 74:22

हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्! सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी!

भजनसंग्रह 89:50

स्‍मरण गर्नुहोस्‌ परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्‍नो हृदयमा जातिहरूको तिरस्‍कार सहँदैछु,

भजनसंग्रह 94:2

तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ। अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्।

भजनसंग्रह 137:7

म कसम खाँन्छु यरूशलेम सधैं मेरो महान् आनन्द हुनेछ। हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्। तिनीहरूले चीत्कार गरे, “पूर्णरूपले विध्वंश पारे, त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गरे।”

यशैया 37:23

तिमीले कसलाई अपमान गर्यौ र हाँसोको पात्र बनायौ? तिमीहरूले कसको विरोधमा आवाज उठायौ? तिमीहरू इस्राएलका परम पवित्रको विरूद्ध थियौ। तिमीहरूले आफूलाई उहाँ भन्दा महान सोच्यौ।

यशैया 62:6

“यरूशलेम, म तिम्रा पर्खालहरूमाथि रक्षकहरू खटाउनेछु। ती रक्षकहरू चुप लागेर बस्ने छैनन्। तिनीहरू रात दिन प्रार्थना गरिरहनेछन्।” रक्षकहरू! तिमीहरूले परमप्रभुलाई प्रार्थना अवश्य गर्नुपर्छ। तिमीहरूले उहाँलाई आफ्ना वचनहरूको सम्झना गराउनु पर्छ। कहिल्यै प्रार्थना गर्न नचुक।

विलाप 5:1

हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो। हाम्रो अपमान हेर्नु होस्।

Interlinear

Choose Theme