Home Bibles विलाप 3:51 · नेपाली बाइबल
विलाप 3:51 · नेपाली बाइबल

मेरा सबै शहरहरू रोएको देखेर मेरो आँखाहरूले मलाई दुखी तुल्यायो।

Cross references

उत्पत्ति 44:34

यदि केटो मसँगै फर्किदैन भने म आफ्नो अनुहार बुबालाई देखाउन सक्दिनँ। यसले के आपत्ति मेरो बुबामाथि आउनेछ, म हेर्न भयभीत छु।”

1 शमूएल 30:3

जब दाऊद र तिनका मानिसहरू सिकलग आए शहर जलिरहेको पाए। तिनीहरूका पत्नीहरू छोरा-छोरीहरू सबै अमालेकीहरूले लगेकाले कोही थिएनन्।

यर्मिया 4:19

हाय मेरो वेदना, मेरो वेदना! म मनोव्यथामा छु! हे मेरो हृदय! मेरो मुटुले मभित्र प्रहार गरिरहेछ। म चूपचाप बस्न सक्तिनँ, किनभने मैले तुरहीले सुनेको छु अनि तुरहीले अनि सैन्यलाई युद्ध तर्फ बोलाइरहेछ।

यर्मिया 11:22

सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिनीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्।

यर्मिया 14:16

जुन मानिसहरूसित अगमवक्ताहरू बोले तिनीहरूलाई यरूशलेमको गल्लीमा फ्याकिनेछ। ती मानिसहरू भोक र तरवारद्वारा शेष हुनेछन। त्यहाँ तिनीहरूलाई दफन गर्नेहरू केही पनि हुने छैन, तिनीहरूका पत्नीहरू अथवा तिनीहरूका छोरा-छोरीहरू पनि हुनेछैनन्। म तिनीहरूलाई तिनीहरूका दुष्ट कर्महरूका निम्ति दण्ड दिनेछु।

यर्मिया 14:18

यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन तर तिनीहरूले बुझ्दैनन्।”‘

यर्मिया 19:9

शत्रुहरूले शहरको चारैतिर सेना ल्याउने छन। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेकाछन तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।’

विलाप 1:18

अब यरूशलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरें। यसर्थ परमप्रभुलाई ती कुराहरू गर्ने अधिकार छ। यसकारण तिमीहरू सबैले सुने। हेर मेरा पीडाहरू। मेरा सबै तरूणी र तन्देरिहरूलाई कैदी बनाइयो।

विलाप 2:21

गल्लीहरूमा जवानहरू र बूढा मानिसको लाशहरू लडिरहेकाछन्। तरूणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए। परमप्रभु जब तपाईं रिसाउनु भयो तब तिनीहरूलाई मार्नु भयो। कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो।

विलाप 5:11

शत्रुहरूले सियोनका स्त्रीहरूमाथि व्यभिचार गरेका छन्। तिनीहरूले यहूदाका शहरहरूमा तरूणीहरूलाई व्यभिचार गरेका छन्।

लूका 19:41

येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो।

Interlinear

Choose Theme