गल्लीहरूमा जवानहरू र बूढा मानिसको लाशहरू लडिरहेकाछन्। तरूणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए। परमप्रभु जब तपाईं रिसाउनु भयो तब तिनीहरूलाई मार्नु भयो। कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो।
Cross references
तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन अनि ससाना नानीहरूप्रति दया देखाउँदैनन्।
मानिसहरूले शहरमा भएका हरेक वस्तु नष्ट गरे। जो त्यहाँ जीवित थिए। तिनीहरूले जवान, बृद्ध, मानिसहरू, जवान स्त्री र बृद्ध स्त्रीहरू गाईवस्तु, भेंडा अनि गधाहरू सबैलाई मारे।
अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेडा ऊँट गधा केही बाँकी नराख।”‘
यसर्थ परमेश्वरले बाबेलका राजालाई यहूदा अनि यरूशलेमका मानिसहरू माथि आक्रमण गर्न निम्ति ल्याउनु भयो। बाबेलका राजाले युवाहरूलाई मन्दिरमा भएको समयमा पनि मारिदिए। यहूदा अनि यरूशलेमका मानिसहरू प्रति तिनको केही दया-माया थिएन। बाबेलका राजाले युवा अनि बृद्ध मानिसहरूलाई मारे। तिनले पुरूष अनि स्त्रीहरूलाई मारे। तिनले रोगी अनि स्वस्थ्य मानिसहरूलाई मारे। परमेश्वरले यहूदा अनि यरूशलेमका मानिसहरू दण्ड दिनु नबूकदनेसरलाई अनुमति दिन भयो।
अनि राजाका दुतहरूद्वारा सबै आदेशहरू राज-प्रदेशहरूमा पठाइयो कि सबै यहूदीहरू जवान अनि वृद्ध, केटाकेटी अनि स्त्रीहरूलाई बाह्रौ महीना, अदारको महीनाको तेह्रौ दिनमा आज्ञा गरियोस् अनि एकै दिनमा मारियोस् र नाम निशान मेट्टाइयोस्। अनि तिनीहरूका सर-सामानहरूलाई युद्धमा नास गरियोस्।
परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो। उहाँले युद्धमा तिनीहरूलाई मर्न छाडी दिनुभयो।
दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्।मानिसहरूले बुझ्नलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेश्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।
एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्टश्वास फेर्दै र मुद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुनु लागेकि छु अनि हत्याराहरू मेरा वरिपरि छन्।”
यसकारण म परमप्रभुको क्रोधले भरिएको छु। म त्यसलाई लिएर थाकिसकेको छु। “परमप्रभुको क्रोध गल्लीहरूमा खेलिरहेका नानीहरूमाथि पोखाऊ। जवानहरूमाथि परमेश्वरको क्रोध खनाऊ। लोग्ने-स्वास्नी एकै साथ सबै पक्राऊ पर्नेछन्। सबै बूढा-पाकाहरू पक्राउ पर्नेछन्।”
अब, यहूदाका स्त्रीहरू, परमप्रभुबाट आएको वचन ध्यान् दिएर सुन। परमप्रभुको मुखारबिन्दबाट आएको शब्दहरू सुन। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका छोरीहरूलाई कसरी चिच्चाएर रूने भन्ने सिकाऊ। हरेक स्त्रीले यो शोक-गीत गाउन सिक्नै पर्छ
‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ। हाम्रा किल्लाहरूमा मृत्यु आयो। यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’
सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिनीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्।
तिनीहरूलाई एक-अर्कामा चकनाचूर पार्नेछु, बाबु छोराहरूमा पनि आपसमा चक्नाचुर हुनेछन्”‘ परमप्रभु भन्नुहुन्छ “‘तिनीहरूका निम्ति म दुखी हुने छैन अनि म तिनीहरूमाथि क्षमा गर्ने छैन। यहूदाका मानिसहरूलाई ध्वंस पार्नु म रोकिने छैन्।”‘
यसकारण तिनीहरूका नानीहरू भोक भोकै मरून्। शत्रुका तरवारहरूले तिनीहरू परास्त हउन। तिनीहरूका पत्नीहरू छोरा-छोरी बिहीन होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। तिनीहरूका पत्नीहरू विधवाहरू होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। जवानहरू युद्ध-भूमिमा मारिउन्।
यसपछि, परमप्रभुको यो सन्देश हो, “‘म यहूदाका राजा सिदकियाह, उनका अधिकारीहरू र रूढीले नमारेका शहरमा बाँचेका मानिसहरू नबूकदनेस्सरलाई सुम्पिदिनेछु। बाबेलका राजा अनि अरूहरू जो शहरमा बाँकी रहेकाछन्, तिनीहरू सब देशान, तरवार र अनिकालले मर्नेछन्। म तिनीहरूलाई तिनीहरूकै शत्रु र तिनीहरूको जीवन खोज्नेहरूलाई सुम्पिनेछु। तिनीहरूले कुनै दया, क्षमा र सहानुभूति नराखी तरवाले मार्नेछन्।’
मैले तिमीलाई पुरूष र स्त्री माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई, जवान र वृद्ध मानिसहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई युवा-युवती माथि प्रहार गर्न चलाएँ।
“शहरमा भएका मेरा बलिया सिपाहीहरूलाई परमप्रभुले रद्द गर्नु भएको थियो। अनि परमप्रभुले मेरो विरोधमा मानिसहरूको एक समूह पठाउनु भयो। उहाँले ती मानिसहरू मेरा जवान सिपाहीहरूलाई मार्न पठाउनुभयो। कोलमा परमप्रभुले यहूदाकी छोरीलाई दाख पेले झैं पेल्नुभयो।
अब यरूशलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरें। यसर्थ परमप्रभुलाई ती कुराहरू गर्ने अधिकार छ। यसकारण तिमीहरू सबैले सुने। हेर मेरा पीडाहरू। मेरा सबै तरूणी र तन्देरिहरूलाई कैदी बनाइयो।
परमप्रभुले याकूबको घर भत्काउनु भयो। उहाँले बडो निदर्यतापूर्वक यसो गर्नु भयो। रिस उठेको बेला उहाँले यहूदाकी छोरीको किल्ला पनि ध्वंश पार्नु भयो। परमप्रभुले यहूदाको राज्य र यसका शासकलाई धूलोमा मिलाउनु भयो।
परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले परिकल्पना गर्नुभएको थियो। उहाँले त्यही काम गर्नुभयो जो उहाँले हामीहरूलाई गर्छु भन्नु भएको थियो। वहाँले त्यहि गर्नु भयो जो धैरे समय वहाँले गर्नु चाहानुहुन्थ्यो। उहाँले कुनै दया नदेखिाईकन ध्वंश गर्नु भयो। तिम्रो यो अवस्था देखेर तिम्रो शत्रुहरू अत्यन्तै खुशी भए। उहाँले तिम्रो शत्रुहरूलाई अत्यन्तै बलियो बनाउनुभयो।
तपाईंले स्वयंलाई क्रोधले ढाक्नु अनि हामीलाई खेद्नु भयो। तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यरूशलेम, म आफ्नो जीवनको शपथ खाएर भन्दैछु म तँलाई दण्ड दिनेछु। म प्रतिज्ञा गर्दैछु कि म तँलाई दण्ड दिनेछु। किन? किनभने तैंले मेरो पवित्र स्थानको विरूद्धमा भयंकर पाप गरिस्। तैले घृणित काम गरेर मेरो स्थान मैला बनाइ दिइस्। म तँलाई दण्ड दिनेछु। म तँमाथि दया गर्ने छैन्। म तेरो निम्ति दुखको अनुभव गर्ने छैन्।
म तिमीहरूलाई दया देखाउने छँईन म तिमीहरू प्रति टिठाउँने छैन। म तिमीहरूलाई तिमीहरूको नराम्रो कामको निम्ति दण्ड दिने छु। तिमीहरूले डरलाग्दो काम गरेका छौ। अब तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।”
म तिमीहरूप्रति अलिकति पनि दया देखाउने छैन। म तिमीलाई छोडने छैन। तिमीहरूको नराम्रो कामको निम्ति तिमीलाई दण्ड दिँदैछु। तिमीहरूले जुन डरलाग्दो काम गरेकाछौ, अब तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।
म तिनीहरूमाथि आफ्नो क्रोध प्रकट गर्नेछु, म तिनीहरूमाथि कुनै दया राख्ने छैन। म तिनीहरूको निम्ति दुख अनुभव गर्ने छैन। तिनीहरू मलाई उच्च स्वरले बोलाउँने छन्, तर म सुन्न अस्वीकार गरिदिनेछु।”
तब मैले परमेश्वरले अरू छ जना मानिसहरूसित कुरा गरेको सुनें, “म चाहन्छु कि तिमी प्रथम मानिसलाई अनुसरण गर। तिमीले ती सबै मानिसहरूलाई मार जसको निधारमा चिन्ह छैन्। यो केही नसोच कि बूढा-मानिस, युवक, युवती, नानी अथवा आमाहरू हुन् भनेर।
अनि म दया देखाउँने छैन्। म तिनीहरूका निम्ति अफसोस अनुभव गर्ने छैन। तिनीहरू स्वंयले यो बोलाएका हुन्, म यिनीहरूलाई मात्र दण्ड दिंदैछु जसको यिनीहरू पात्र हुन्।”
इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट पार्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्।
“मैले तिमीहरुका बिरुद्धमा महामारी फैलाईदिएँ जस्तो मिश्र देशमा फैलिएको थिएँ। मैले तिमीहरुका युवाहरुलाई तलवारले काटेर मारें। मैले तिमीहरुका घोडाहरुलगें। मैले तिमीहरुको घरमा मृत्युको दुर्गन्ध फैलाई दिएँ, तर पनि तिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु यी कुराहरु भन्नुहुन्छ।
अनि म यो देशका बासिन्दाको निम्ति दुःखी हुनेछैन। परमप्रभुले यो सबै भन्नुभयो, “हेर म प्रत्येकलाई उसको छिमेकी अनि राजाको हातमा सुम्पि दिनेछु। म तिनीहरूलाई उनीहरूको देशमा नष्ट पार्न दिनेछु, म तिनीहरूलाई रोकनेछैन।”