Home Bibles ☰ Books यर्मिया 51:22 · नेपाली बाइबल
यर्मिया 51:22 · नेपाली बाइबल

मैले तिमीलाई पुरूष र स्त्री माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई, जवान र वृद्ध मानिसहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई युवा-युवती माथि प्रहार गर्न चलाएँ।

Cross references

व्यवस्था 32:25

बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्। तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्। सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्। तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरुलाई मार्नेछन्।

1 शमूएल 15:3

अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेडा ऊँट गधा केही बाँकी नराख।”‘

2 इतिहास 36:17

यसर्थ परमेश्वरले बाबेलका राजालाई यहूदा अनि यरूशलेमका मानिसहरू माथि आक्रमण गर्न निम्ति ल्याउनु भयो। बाबेलका राजाले युवाहरूलाई मन्दिरमा भएको समयमा पनि मारिदिए। यहूदा अनि यरूशलेमका मानिसहरू प्रति तिनको केही दया-माया थिएन। बाबेलका राजाले युवा अनि बृद्ध मानिसहरूलाई मारे। तिनले पुरूष अनि स्त्रीहरूलाई मारे। तिनले रोगी अनि स्वस्थ्य मानिसहरूलाई मारे। परमेश्वरले यहूदा अनि यरूशलेमका मानिसहरू दण्ड दिनु नबूकदनेसरलाई अनुमति दिन भयो।

यशैया 13:16

तिनीहरूका घरमा भएका सबै चीज-बीजहरू चोरिनेछ। तिनीहरूका पत्नीहरूको इज्जत लूटिनेछ। तिनीहरूका नानीहरूलाई कुटेर मार्नेछन् तर मानिसहरूले हेरिरहेका हुनेछन्।

यशैया 13:18

आक्रमण गर्दा सिपाहीहरूले बाबेलका जवानहरूलाई मार्नेछन्। सिपाहीहरूले भर्खर जन्मिएका नानीहरूमाथि समेत दया र करूणा देखाउने छैनन्। सिपाहीहरू नानीहरूप्रति दयालु हुने छैनन्।

यशैया 20:4

अश्शूरका राजाले मिश्र र कूश पराजित गर्ने छ। अश्शूरले कैदीहरू लिएर तिनीहरूलाई टाढा देशहरू तर्फ धपाउनेछ। बुढा मानिसहरू र युवावर्गलाई निवस्त्र र खाली खुट्टामा डोर्याउने छन्। तिनीहरू सम्पूर्ण रूपमा नाङ्गो हुनेछन्। मिश्रका मानिसहरू लज्जित हुनेछन्।

यर्मिया 6:11

यसकारण म परमप्रभुको क्रोधले भरिएको छु। म त्यसलाई लिएर थाकिसकेको छु। “परमप्रभुको क्रोध गल्लीहरूमा खेलिरहेका नानीहरूमाथि पोखाऊ। जवानहरूमाथि परमेश्वरको क्रोध खनाऊ। लोग्ने-स्वास्नी एकै साथ सबै पक्राऊ पर्नेछन्। सबै बूढा-पाकाहरू पक्राउ पर्नेछन्।”

विलाप 2:11

मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्। मेरो हृदय दुखीरहेकोछ। मेरो हृदय भूइँमा खनिए झैं अनुभव गर्छु। मेरा मानिसहरू नष्ट भएकाले मलाई यस्तो अनुभव भएको हो। नानीहरू र दूधे शिशुहरू मूर्छा पर्दैछन्। उनीहरू शहरका गल्लीहरूमा मूर्छा पर्दैछन्।

विलाप 2:21

गल्लीहरूमा जवानहरू र बूढा मानिसको लाशहरू लडिरहेकाछन्। तरूणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए। परमप्रभु जब तपाईं रिसाउनु भयो तब तिनीहरूलाई मार्नु भयो। कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो।

इजकिएल 9:6

तिनीहरू माझ जसको निधारमा चिन्ह छैन प्रत्येकलाई मार्न तिमीले तिम्रो हतियारहरू प्रयोग गर्नु पर्छ। कुनै दया नदेखाऊ। तिनीहरूलाई नछोड यहाँ मेरो मन्दिरबाट शुरू गर।” यसकारण तिनीहरूले मन्दिर भित्रको बूढा-पाकाहरूबाट शुरू गरे।

Interlinear

Choose Theme