सियोनले आफ्ना हातहरू फैलाई तर त्यहाँ उसलाई सान्त्वना दिन कोही पनि आएनन्। परमप्रभुले याकूबका शत्रुहरूलाई आदेश दिनुभएको थियो। परमप्रभुले शहर वरिपरि तिनीहरूलाई घेर्ने आदेश दिनु भएको थियो। यरूशलेम उसका ती शत्रुहरू माझ केही मात्रामा कलंकित भई।
Cross references
“यदि एकजना स्त्रीको मासिक रजस्वला नियमित छ उसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। यदि कसैले उसलाई छुन्छ, ऊ सात दिनसम्म अशुद्ध हुन्छ।
तब सुलेमान परमप्रभुको वेदी अघि उभिए। सबै मानिसहरू उनको अघि उभिएका थिए। राजा सुलेमानले आफ्नो हात फिंजाए अनि अकाशतिर हेरेर।
जब यस मध्ये कुनै एउटा घटना घट्छ अनि जब एउटा व्यक्ति अथवा इस्राएलीहरूले तिनीहरूको पापहरूको क्षमा माग्छ अनि तिनीहरूले यस मन्दिरबाट तपाईंकहाँ हात उठाउँछ।
परमप्रभुले बाबेली, अरामी, मोआबेली तथा अम्मोनीहरूको दललाई यहोयाकीमको विरोधमा युद्ध गर्न पठाउनुभयो। परमप्रभुले ती दलहरू यहूदालाई नष्ट पार्न पठाउनुभयो। परमप्रभुले भन्नुभए जस्तै यस्तो भयो। परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरू ती कुराहरू भन्न पठाउनुभयो।
यसकारण नबूकदनेस्सर बाबेलका राजा र उनका सबै सेनाहरू यरूशलेमको विरूद्धमा युद्ध गर्न आए। यो घटना सिदकियाहको नवौं वर्ष राज्यकालको दशौं महीनाको दशैं दिनमा भयो। नबूकदनेसरका सेनाले शहरको पर्खाल वरिपरि धेरै घेरा मचान खडा गरे। उनले शहरको चारैतिर माटोको भित्ता बनाए।
मैले फेरि यो पनि बुझे कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याँउछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन।
“तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किन? किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।
तिमी गरीब शहर! शत्रुहरू तूफान सरह तिमीहरूका विरूद्ध आई लागे। अनि कसैले पनि सान्त्वना दिएनन्। तर म फेरि तिमीलाई निर्माण गर्छु ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिमीलाई बनाउनेछु। म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु।
एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्टश्वास फेर्दै र मुद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुनु लागेकि छु अनि हत्याराहरू मेरा वरिपरि छन्।”
गोठालाहरू यरूशलेमा भेडाका बथानहरू लिएर आउँदछन्, तिनीहरूले आफ्नो पालहरू यसको वरिपरि बनाउँछन् प्रत्येक गोठालोले आफ्ना भेडा बथानको हेरचाह गर्छन्।
यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दुखी हुने छैन। कुनै मानिस पनि तिम्रो निम्ति दुखी साथै रूने छैन कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन्।
“यहूदाको भूमिमा ठूलो तथा साना सबै मानिसहरू मर्नेछन्। कसैले पनि तिनीहरूलाई दफ्नाउने छैन, न त तिनीहरूका निम्ति रूने नै छन्। कसैले पनि तिनीहरूका निम्ति केश तथा दाह्री खौरने छैनन्।
यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ ‘तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वंयलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरूद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरू कै विरूद्धमा चलाउनेछु।“‘बाबेलका सैन्य शहर वरिपरिका पर्खालहरू बाहिर छन्। त्यो सैन्य शहर वरिपरि छ। म चाँडै त्यो सैन्य यरूशलेमभित्र ल्याउनेछु।
तर म आदेश दिनेछु अनि बाबेलका सेनाहरू फर्की आउनेछन्।’ यो परमप्रभुको सन्देश हो। ‘ती सेनाहरूले यरूशलेम विरूद्ध युद्ध गर्नेछ। बाबेलका सेनाहरूले यो शहर कब्जा गर्नेछन् र यसलाई जलाई खरानी बनाउनेछन्। म यहूदाका शहर ध्वंस पार्नेछु र यसलाई कोही नबस्ने निर्जन मरूभूमिमा परिणत गरिदिनेछु।”‘
त्यो रातभरी साह्रै दुख मानी रून्छे। उसको गालामा आँसुको धारा बगिरहन्छ। उसलाई सान्त्वना दिने अहिले कोही पनि छैन यद्यपी एक समयमा विभिन्न जातिका मानिसहरू यसका साथीहरू हुने गर्थे। उसका सारा मित्रहरूले उसपट्टि पिठयूँ फर्काए। तिनीहरू अहिले उसको शत्रुहरू भएका छन्।
यरूशलेमले धेरै पापहरू गरेकी थिई। अनि त्यसैले गर्दा ऊ ध्वंश भएकी छे। यो देखेर मानिसहरूले मुन्टो फर्काउँछन्। विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे। तर अहिले उनीहरू उसलाई घृणा गर्छन्। उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन् यरूशलेम रोइरहेकी छे र मुख फर्काउँछे।
यरूशलेमको वस्त्रहरू कलंकित भएकाछन्। भविष्यमा हुन सक्ने कुरोलाई उसले सोचिन्। उसको दुर्दिनलाई यसको पतन भयंङ्कर भयो। उसलाई सान्त्वना दिने कोही मानिस त्यहाँ भएनन्। ऊ भन्छे, “परमप्रभु, हेर्नुहोस् म कति दुखित छु। हेर्नुहोस् मेरा शत्रुहरू कसरी आफूलाई महान सोचि रहेकाछन्।”
“म यी सारा घटनाहरूको शोक मनाइ रहेको छु। मेरो आखाँहरूबाट आँसुको धारा बग्छन्। तर त्यहाँ मलाई सान्त्वना दिन मेरो नजीक कोही छैन। मलाई सान्त्वना दिन सक्ने त्यहाँ कोहि छैन। मेरा नानीहरू बाँझो भूमि जस्तै छन्। तिनीहरू यस्ता भए किनभने तिनीहरूका शत्रुले तिनीहरूलाई जिते।”
मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ। तर तिनीहरूले मलाई धोका दिए। मेरा पूजाहारीहरू र मेरा ज्ञानी मानिसहरू यही शहरमा मरे। तिनीहरू खानाको खोजीमा थिए। तिनीहरूले आफूलाई जिउँदो राख्न चाहन्थे।
“मेरो कुरा सुन, किनभने म पीडाले रूँदै छु। मलाई सान्त्वना दिने कोही पनि छैन। सबै शत्रुहरूले मेरो दुर्बलताहरूको बारेमा थाहा पाइसकेकाछन। तिनीहरू सुखी छन्। किनभने तपाईंले मलाई यस्तो गर्नु भयो। तिनीहरू सुखी छन् तपाईंले भन्नुभयो कि मेरा शत्रुहरूलाई तपाईंले दण्ड दिनुहुनेछ। अब तपाईंले जे भन्नुभएको थियो त्यो गर्नुहोस्। अब त्यही गर्नुहोस्। मेरा शत्रुहरू पनि अहिले मेरो जुन अवस्था छ त्यही अवस्थामा होउन्।
हाय! कसरी परमप्रभुले सीयोनकी छोरीलाई बादलले ढाक्नु भएको छ, उहाँले कसरी इस्राएलको गौरवलाई, आकाशदेखि भूँईमा खसाल्नु भएकोछ! परमप्रभुले, जब आफ्नो रिस देखाउनु भयो उहाँले इस्राएलमा राखिएको पाउदानलाईपर्वाह गर्नु भएन।
परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले परिकल्पना गर्नुभएको थियो। उहाँले त्यही काम गर्नुभयो जो उहाँले हामीहरूलाई गर्छु भन्नु भएको थियो। वहाँले त्यहि गर्नु भयो जो धैरे समय वहाँले गर्नु चाहानुहुन्थ्यो। उहाँले कुनै दया नदेखिाईकन ध्वंश गर्नु भयो। तिम्रो यो अवस्था देखेर तिम्रो शत्रुहरू अत्यन्तै खुशी भए। उहाँले तिम्रो शत्रुहरूलाई अत्यन्तै बलियो बनाउनुभयो।
तिनीहरू चिच्याए, “भाग! भाग! हामीलाई नछोऊ!” तिनीहरू भन्छन्, “तिनीहरू बेगारी भई घुम्नु पर्छ। उनीहरू यहाँ रहन सक्दैनन्।”
“कैदीहरूकानिम्ति साङ्गली तयार पार! किन? किनभने धेरै मानिसहरूलाई अरू मानिसहरू मारेको खातिर दण्ड दिनेछ। त्यहाँ शहरका प्रत्येक ठाउँहरूमा अत्याचार फैलिने छ।
“हे मानिसको छोरो! इस्राएलको परिवार आफ्नो देशमा बसेका थिए। मेरो लागि तिनीहरू रजस्वला भएका स्त्रीहरू जस्तै थिए। तिनीहरूको दुष्ट कामहरूको कारण अशुद्ध भए।
इस्राएल नष्ट भयो। अब तिनीहरू जाति-जातिहरूका बीचमा बेकामको भाँडा जस्तै भएका छन्।
एउटा समय आउँदैछ कि तिम्रो शत्रुहरूले तिम्रो वरिपरि वाधाहरू खडा गराऊने छन। तिमीलाई तिनीहरूले वरिपरिबाट घेर्नेछन् अनि तिमी सबै तिरबाट घेरामा पर्नेछौ।