Home Bibles न्यायकर्ता 9:38 · नेपाली बाइबल
न्यायकर्ता 9:38 · नेपाली बाइबल

जबूलले गाललाई भने, “तिमी अहिले किन धाक नलाएको? तिमी, ‘अबीमेलेक को हो? हामीले किन तिनको आज्ञा पालन गर्नुं भन्यौ। तिमीले ती मानिसहरूको खिल्ली उडायौ। अब जाऊ, अनि तिनीहरूसित युद्ध गर।”

Cross references

न्यायकर्ता 9:28

तब एबेदका छोरा गालले भने, “हामी शकेमका मानिसहरू हौं। हामीले किन अबीमेलेकको आज्ञा पालन गर्नु? तिनले आफूलाई को हो भन्ने ठान्छन्? अबीमेलेक यरूब्बालका एक छोरा हुन्, ठीक हो? अनि अबीमेलेकले जबूललाई आफ्ना अधिकारी बनाए, सही हो? हामीले अबीमेलेकको आज्ञा पालन गर्नु हुँदैन। हामीले हाम्रै मानिसहरू हमोरका मानिसहरूको अनुसरण गर्नुपर्छ। (हमोर शकेमका पिता थिए।)

1 शमूएल 2:3

अब अहंकार हुदैन! अहंकारपूर्ण वचनहरू अब छैन कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ।

2 शमूएल 2:26

अबनेरले योआबलाई चिच्याएर भनें, “के हामी सधैं एका-अर्कासँग भिडिरहने? यसबाट दुःख बाहेक केही हात लाग्दैन। मानिसहरूलाई आफ्नै दायू-भाइहरूलाई नखेद्नु भनेर भन।”

2 राजा 14:8

अमस्याहले इस्राएलका राजा येहूका नाती, योआहाजका छोरा योआशकहाँ दूत पठाए। अमस्याहको सन्देश थियो, “आऊ, हामी आपस्तमा मुखामुख गर्यौ अनि युद्ध गर्यौ।”

यर्मिया 2:28

ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बचाऊन। ती मूर्तिहरू जो तिमीहरू आफैले बनाएका छौ कहाँ छन? कतै आवश्यक परेको समयमा तिमीहरूलाई बचाँउछन कि? यहूदा तिमीसित जति शहरहरू छन् त्यति नै मूर्तिहरू पनि छन्।

Interlinear

Choose Theme