तर गिदोनले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका शासक हुनुहुनेछ। म तिमीहरूमाथि शासन गर्ने छैन। अनि मेरा छोराले तिमीहरूमाथि शासन गर्ने छैनन्।”
Cross references
धेरै पल्ट इस्राएलका शत्रुहरूले मानिसहरू प्रति नराम्रा कुराहरू गरे। यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति विलाप गरे। परमप्रभु धेरै पल्ट मानिसहरूका निम्ति दुःखीत हुनुभयो। धेरै पल्ट उहाँले मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनको निम्ति न्यायकर्त्ता पठाउनु भयो। परमप्रभु सदैव ती न्यायकर्त्ताहरूसित हुनुहुन्थ्यो। यसरी धेरै पल्ट इस्राएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनु भयो।
गिलादको इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्वमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”
तब यिप्ताहले गिलादका अगुवाहरूलाई भने, “यदि तिमीहरू म गिलादमा फर्केर आएको अनि अम्मोनी मानिसहरूको विरूद्ध लडेको चाहन्छौ भने ठीक छ। तर यदि विजय प्राप्त गर्न परमप्रभुले मलाई सहायता गर्नु भयो भने म तिमीहरूको नयाँ प्रमुख हुनेछु”
यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे।
तर आज तिमीहरूले आफ्नो परमेश्वरलाई अस्वीकार गर्यौ। तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै दुःख र कष्टहरूबाट बचाउनुभयो। तर तिमीहरू भन्छौ, ‘होइन, हामीलाई शासन गर्ने एउटा राजा चाहिन्छ। यसैकारणले अब परमप्रभुको अगाडि परिवारका सदस्यहरू र परिवार समूहहरू लिएर उपस्थित होऊ।”
त्यस समयमा पनि अम्मोनीको राजा नाहाश तिमीहरूको विरूद्ध लडन आएको देख्यौ। तिमीहरूले भन्यौ, ‘होइन, हामीहरूमाथि शासन गर्ने राजा नै चाहिन्छ।’ तिमीहरूले यही भन्यौ यद्यपि परमप्रभु तिमीहरूका परमेश्वर नै राजा हुनुहुन्थ्यो।
तर त्यहाँ कुनै पनि शत्रुहरूका नावहरू र शक्तिशाली जहाजहरू छैनन्। तिमीहरू जो त्यस नाँवहरूमा काम गरिरहेछौ तिमीहरू डोरीहरू सहित ती कामबाट भाग्न सक्छौ। तिमीहरू एकदम दरिलो खम्बा बनाउन सक्दैनौ। तिमीहरू पालहरू खोल्न सक्ने हुँदैनौ। किन? किनभने परमप्रभु नै हाम्रा न्यायकर्ता हुनुहुन्छ।
केही मानिसहरू तपाईंद्वारा शासित भएनन्। ती मानिसहरू तपाईंको नाउँ लिंदैनन्। अनि हामी त्यस्ता खालका मानिसहरू थियौं।
तब तिनीहरू मध्ये को चाँहीं सबै भन्दा महान होला भनी प्रेरितहरूले बहस गरे।
मैले यो भन्न खोजेको होइन कि हामी तिमीहरूको विश्वासमाथि नियन्त्रण राख्न चाहन्छौ। तिमीहरू विश्वासमा दृढ छौ। तर तिमीहरूकै आनन्दको लागि हामी तिमीहरूसित काम गर्नेछौं।
तिमीहरुको जिम्मामा रहेका मानिसहरुमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरुका निम्ति असल उदाहरण बन।