Home Bibles ☰ Books न्यायकर्ता 10:18 · नेपाली बाइबल
न्यायकर्ता 10:18 · नेपाली बाइबल

गिलादको इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्वमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”

Cross references

न्यायकर्ता 1:1

यहोशूको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?”

न्यायकर्ता 11:4

केही समयपछि अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरूको विरूद्ध लडाँईं गरे।

न्यायकर्ता 11:5

अम्मोनी मानिसहरू इस्राएलको विरूद्ध लडिरहेका थिए यसर्थ गिलादका बूढा-प्रधानहरू यिप्तह कहाँ गए। यिप्तह तोबको देश त्यागेर गिलादमा फर्केर आएको तिनीहरू चाहन्थे।

न्यायकर्ता 11:11

यसर्थ यिप्तह गिलादका अगुवाहरू साथ गए। ती मानिसहरूले यिप्तहलाई आफ्ना प्रमुख अनि आफ्ना सेनापति बनाए। यिप्तहले मिस्पा शहरमा परमप्रभुको समक्ष आफ्ना सबै भाकलहरू दोहोर्याए।

न्यायकर्ता 12:7

यिप्तह छः वर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्त्ता थिए। त्यसपछि गिलादमा यिप्तहको देहान्त भयो। तिनीहरूले तिनलाई तिनकै गिलादको शहरमा गाडिदिए।

1 शमूएल 17:25

एकजना इस्राएलीले भने, “त्यसलाई देख्यौ त्यसले के गरिरहेछ राम्ररी हेर? त्यो गोल्यत घरि-घरि आएर इस्राएलीहरूलाई यसरी नै गाली गर्छ। जसले यसलाई मार्छ त्यो धेरै धनी हुनेछ। राजा शाऊलले धेरै सम्पत्ति दिनुहुनेछ। शाऊलले उसकी छोरी पनि विवाह गर्न दिनेछन् जसले त्यसलाई मार्न सक्छ। शाऊलले उसको परिवारलाई इस्राएलमा स्वतन्त्र बनाउनेछन्।”

यशैया 3:1

मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ।

यशैया 34:12

त्यस ठाउँका असल नागरिकहरू र अगुवाहरू सबै गई सके। अनि त्यहाँ शासन गर्नलाई केही पनि छाडिएको छैन।

Interlinear

Choose Theme