Home Bibles न्यायकर्ता 8:21 · नेपाली बाइबल
न्यायकर्ता 8:21 · नेपाली बाइबल

तब जेबह अनि सल्मुन्नाले गिदोनलाई भने, “अघि आऊ अनि तिमी स्वयं हामीलाई मार। तिमी एक मानिस हौ अनि यो काम गर्न बलियो छौ।” यसर्थ गिदोन उठे जेबह र सल्मुन्नालाई मारिदिए। त्यसपछि गिदोनले जून जस्तो आकृतिको सजावट तिनीहरूका ऊँटका गलाबाट निकालिदिए।

Cross references

यहोशू 10:26

त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झुण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झुण्डियाएर राखे।

न्यायकर्ता 8:26

जब ती सुनको कुण्डलहरू एकत्रित गरिए तिनीहरूको लगभग ओजन 1,700शेकेलभयो। यसमा इस्राएलका मानिसहरूले गिदोनलाई प्रदान गरेका अन्यभेटहरू संलग्न थिएनन्। तिनीहरूले गिदोनलाई चन्द्रमा आकृतिका अनि आँसुका थोपा आकृतिका मणि-माणिक्य पनि प्रदान गरे। अनि तिनीहरूले बैजनी बस्त्रहरू तिनलाई दिए। ती चीजबीजहरू थिए जो मिद्यानका राजाहरूले पहिरेका थिए। तिनीहरूले तिनलाई मिद्यानी ऊँठहरूको सिक्वी पनि दिए।

न्यायकर्ता 9:54

अबीमेलेकले तुरन्तै आफ्ना हतियार बोक्ने सेवकलाई भने, “तेरो तरवार निकाल अनि मलाई मार। तैंले मलाई मारेको म चाहन्छु किनकि, ‘अबीमेलेकलाई एउटी स्त्रीले मारिन् भनेर।’ मानिसहरूले भन्लान। यसर्थ त्यो सेवकले अबीमेलेकलाई आफ्नो तरवारले रोपिदियो, अनि अबीमेलेकको मृत्यु भयो।

न्यायकर्ता 15:12

तब तिनीहरूले शिमशोनलाई भने, “हामी तिमीलाई बाँध्न आएका छौं। हामी तिमीलाई पलिश्ती मानिसहरूलाई दिनेछौं।”शिमशोनले यहूदाका मानिसहरूलाई भने, “शपथ खाएर भन कि तिमीहरू स्वयंले मलाई घात गर्ने छैनौ भनी।”

1 शमूएल 31:3

त्यो युद्ध शाऊलको विरूद्ध चारैतिर मच्चियो। धनु-धारीको काँडले शाऊललाई हिर्कायो अनि तिनी नराम्रो घाइते भए।

1 शमूएल 31:5

नोकरले शाऊल मरेको देखेर तरवार निकालेर आफू पनि शाऊलसँगै मर्यो।

भजनसंग्रह 83:1

हे परमेश्वर, चुपचाप नबस्नुहोस्! तपाईंको कानहरू नथुन्नु होस, कृपया केही त भन्नु होस, परमेश्वर।

भजनसंग्रह 83:11

परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्। ओरेब र जीबमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्। जेबह र सलमुन्नामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।

भजनसंग्रह 83:12

हे परमेश्वर, ती मानिसहरूले हामीलाई तपाईंको यो जमीनबाट खेद्न चाहन्छन्।

यशैया 3:18

त्यस बेला परमप्रभुले तिनीहरूको घमण्डको सबै थोक, सुन्दर कल्लीहरू, सूर्य र चन्द्रमा जस्तै देखिने कण्ठहार लैजाउनु हुनेछ।

प्रकाश 9:6

ती दिनहरुमा मानिसहरु मर्ने उपाय खोज्नेछन्, तर तिनीहरुले पाउने छैनन्। तिनीहरु मर्न चाहन्छन् तर मृत्यु तिनीहरुदेखि लुक्नेछ।

Interlinear

Choose Theme