Home Bibles भजनसंग्रह 83:11 · नेपाली बाइबल
भजनसंग्रह 83:11 · नेपाली बाइबल

परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्। ओरेब र जीबमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्। जेबह र सलमुन्नामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।

Cross references

न्यायकर्ता 7:25

एप्रैमका मानिसहरूले दुइजना मिद्यानी अगुवाहरूलाई पक्डे। यी दुइ अगुवाहरूका नाउँ ओरेब अनि जेएब थियो। ओरेबलाई एप्रैमका मानिसहरूले ओरेबको चट्टान नामक स्थानमा हत्या गरे। जएबलाई तिनीहरूले जएबको दाखको कोल नाउँको स्थानमा हत्या गरे। एप्रैमका मानिसहरूले मिद्यानका मानिसहरूलाई खेदे। तर तिनीहरूले पहिला ओरेब अनि जएबको शिरकाटे अनि ती शिरहरू गिदोन कहाँ लगे। गिदोन त्यस स्थानमा थिए जहाँ मानिसहरू यर्दन नदीपारी तर्थे।

न्यायकर्ता 8:12

जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरू भागे। तर गिदोनले खेदे अनि ती राजाहरूलाई पक्रे। गिदोन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे।

2 राजा 9:37

ईजेबेलको लाश यिज्रेलको इलाकाको खेतमा मल हुनेछ। मानिसहरू ईजेबेलको लाश चिन्न असमर्थ हुनेछन्।”‘

यर्मिया 8:2

तिनीहरूले सबै हड्डीहरू घाम, जुन र ताराहरू मुनि मैदानमा फिँजाउनेछन्। यरूशलेमका मानिसहरूले घाम, जुन अनि ताराहरूलाई माया गर्थे। तिनीहरूले तिनीहरूलाई सेवा र अनुसरण गरे। तिनीहरूले तिनीहरूसित परमर्श गरे अनि तिनीहरूको अघि घुँडा टेकेर पूजा गरे। फेरि कसैले पनि हड्डीहरू बटुल्ने छैन अनि पुर्ने छैन। यही कारणले हड्डीहरू मैदानमा फिजाएको गाईको गोबर जस्तै हुनेछ।

Interlinear

Choose Theme