सबै इस्राएलीहरू राजा कहाँ आए, “हाम्रो दाज्यू-भाईहरू यहूदाका मानिसहरूले तपाईंलाई तपाइका सबै मानिसहरूसितै यर्दन नदी पारि गुप्तमा लिएर भागे। किन?”
Cross references
लाबानले याकूबलाई भने, “मलाई किन धोका दिइस्? मेरो छोरीहरूलाई तैंले लडाइँमा कैदी जस्तो बनाएर किन लगिस्?
एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरूद्ध युद्ध गर्न गयौ?”
एप्रैमका कुल समूहका मानिसहरूले तिनीहरूका समस्त सैनिकहरूलाई साथ बोलाए। त्यसपछि तिनीहरू नदी पारिको सापोन शहरमा गए। तिनीहरूले यिप्तहलाई भने, “तिमीले अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्दा हामीहरूलाई सहायताका निम्ति किन बोलाउनु भएन तपाईंलाई तपाईंको घर संगै जलाउने छौं।”
मानिसहरू चुपचाप शहरमा भित्रिए। पराजित भएर भागेर आएका मानिसहरू जस्तै भए।
(येशूका भाइहरूले सम्म उहाँमाथि विश्वास गर्दैनथिए।)