Home Bibles ☰ Books न्यायकर्ता 5:10 · नेपाली बाइबल
न्यायकर्ता 5:10 · नेपाली बाइबल

सेतो गधाको ढाडमा चढ्ने, जीनको कम्बलमा बस्ने अनि बाटोमा हिंड्ने तिमी मानिसहरू ध्यान देऊ।

Cross references

न्यायकर्ता 10:4

याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्।

न्यायकर्ता 12:14

अब्दोनका चालीस जना छोराहरू अनि तीस जना नातीहरू थिए। तिनीहरू सत्तरी वटा गधामा चढथे। अब्दोन आठ वर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्त्ता रहे।

भजनसंग्रह 105:2

परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर। उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ। जो उहाँले गर्नुहुन्छ।

भजनसंग्रह 107:32

महासभामा परमेश्वरको प्रशंसा गर। बूढा-प्रधानहरू सँगै भेला भएको बेला उहाँको प्रशंसा गर।

भजनसंग्रह 145:5

तपाईंको शाही र महिमा अश्चर्यजनक छन् म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।

भजनसंग्रह 145:11

तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ। तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।

यशैया 28:6

तब परमप्रभुले मानिसहरूलाई शासन गर्नको लागि न्यायधीशहरूलाई न्यायको ज्ञान दिनु हुनेछ। परमप्रभुले शहरको प्रवेशद्वारमा लडाइँकालागि मानिसहरूलाई शक्ति दिनुहुनेछ।

योएल 3:12

हे देशबासीहरु! उठ! यहोशापातको बेंसीमा आऊ! म त्यहीं बसेर सबै जातिहरुको न्याय गर्नेछु।

Interlinear

Choose Theme