Home Bibles न्यायकर्ता 21:2 · नेपाली बाइबल
न्यायकर्ता 21:2 · नेपाली बाइबल

इस्राएलका मानिसहरू बेतेल शहरमा गए। तिनीहरू त्यहाँ साँझ नभए सम्म परमेश्वर समक्ष बसे। तिनीहरू त्यहाँ बस्दा जोडले कराए।

Cross references

उत्पत्ति 27:38

तर एसावले आफ्नो बाबुलाई आशीर्वाद मागिरह्यो। “के तपाईंसित खाली एउटै मात्र आशीर्वाद छ, बुबा? बुबा! मलाई पनि आशीर्वाद दिनुहोस्!” एसाव रून थाले।

यहोशू 18:1

समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे।

न्यायकर्ता 2:4

परमप्रभुका स्वर्गदूतले इस्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोडले रोए।

न्यायकर्ता 20:18

इस्राएली मानिसहरू बेतेल शहरसम्म गए। बेतेलमा तिनीहरूले परमेश्वरसित सोधे, “बिन्यामीनका कुल समूहलाई आक्वमण गर्ने पहिलो कुल समूह कुन हुने छ?”परमप्रभुले उत्तर दिनुभयो, “यहूदाका कुल समूह पहिला जानेछ।”

न्यायकर्ता 20:23

”परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, तिनीहरूको विरूद्ध युद्ध गर।” इस्राएलका मानिसहरूले एक अर्कालाई उत्साह प्रदान गरे। त्यसपछि तिनीहरू फेरि पहिलो दिन युद्ध गरेको जस्तै युद्ध गर्न गए।

न्यायकर्ता 20:26

त्यसपछि इस्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेलबलि पनि अर्पण गरे।

न्यायकर्ता 21:12

ती 12,000 सैनिकहरूले याबेश गिलाद शहरमा चारसय जवान महिलाहरूलाई भेट्टाए जसले कुनै लोग्ने मानिससित कहिले पनि सहवास गरेका थिएनन्। ती सैनिकहरूले ती स्त्रीहरूलाई कनानको भूमिमा शीलोको छाउनीमा ल्याए।

1 शमूएल 30:4

त्यसैले दाऊद र अरू मानिसहरू धेरै रोए।

Interlinear

Choose Theme