Home Bibles न्यायकर्ता 20:21 · नेपाली बाइबल
न्यायकर्ता 20:21 · नेपाली बाइबल

इस्राएलका मानिसहरू परमप्रभुकहाँ गए। तिनीहरू साँझ नभएसम्म रोए।

Cross references

उत्पत्ति 49:27

“बिन्यामीन एउटा भोकाएको ब्वाँसो जस्तै हो। बिहान ऊ शिकार गर्छ, जनावर मार्छ अनि खान्छ। अनि राती उ लुटेका वस्तुहरू भाग लगाउँछ।”

व्यवस्था 23:9

“जब तिमीहरूका सिपाहीहरू आफ्नो शत्रुहरूसँग लडन युद्ध गर्न जान्छन प्रत्येक चीजबाट टाढामा बस्छन् जसले तिमीहरूलाई अशुद्ध बनाउँछ।

न्यायकर्ता 20:25

बिन्यामीनका सेनाहरू दोस्रोदिन इस्राएलका सेना माथि आक्रमण गर्न गिबा शहरको बाहिर आए। यसपल्ट बिन्यामीनका सेनाले इस्राएलका अरू 18,000 सेनाहरू मारिदिए। ती सबै मानिसहरू इस्राएली सेनाका प्रशिक्षित सैनिकहरू थिए।

2 इतिहास 28:10

तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई दासको रूपमा राख्ने योजना गरेका छौ। तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको विरूद्ध पनि पाप गरेका छौ।

भजनसंग्रह 33:16

कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन। कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।

भजनसंग्रह 73:18

परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ। सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।

भजनसंग्रह 77:19

परमेश्वर, तपाईं गहिरो पानी भएर हिंड्नु भयो तपाईंले गहन समुद्र पार गर्नुभयो, तर तपाईंले कुनै छाप छोड्नु भएन।

उपदेशक 9:1

मैले यी सबै कुराहरू खुबै ध्यानपूर्वक सोचें र देखे भला र ज्ञानी मानिसहरूसित जे घट्छ अनि जुन काम तिनीहरू गर्छन् त्यसको नियन्त्रण परमेश्वरले गर्नुहुन्छ। मानिसहरू जान्दैनन् कि तिनले प्रेम पाँउछन् कि घृणा तिनीहरू जान्दैनन् कि भोलि के हुन्छ।

यर्मिया 12:1

हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने, तपाईं सँधै धार्मिक नै हुनुहुन्छ। तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन। किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?

होशे 10:9

हे इस्राएल, तिमीले गिबाको समयदेखि पाप गर्न शुरू गर्यौ अनि तिनीहरू अझै त्यहाँ पाप गरिरहेका छन्। गिबाले अहिले पनि त्यही दुष्टकाम र पाप गर्दैछ।

Interlinear

Choose Theme