Home Bibles यहोशू 4:13 · नेपाली बाइबल
यहोशू 4:13 · नेपाली बाइबल

झण्डै चालिस हजार सैनिकहरू युद्धका निम्ति तयार भए, तिनीहरू यरीहोको मैदानतिर गएर परमप्रभुको अगाडि नदी पार गरे।

Cross references

यहोशू 5:10

जब तिनीहरू यरीहोको मैदान गिलगालमा छाउनी हालेर बसेका थिए इस्राएलका मानिसहरूले निस्तार चाड मनाए। यो त्यस महीनाको चौधौं दिनको साँझमा थियो।

न्यायकर्ता 20:1

यसर्थ इस्राएलका समस्त मानिसहरू एक साथ मिले। तिनीहरू सबै मिस्पा शहरमा परमप्रभुका समक्ष उभिन एक साथ आए। इस्राएलका चारै तिरबाट मानिसहरू आए। गिलादका इस्राएली मानिसहरू समेत त्यहाँ थिए।

2 राजा 25:5

बाबेली सेनाहरूले राजा सिदकियाहलाई पछ्याए अनि यरीहो छेऊ उनलाई पक्रिए। सिदकियाहाका सबै सैनिकहरूले उनलाई छोडे अनि भागे।

यर्मिया 39:5

कल्दीहरूका सिपाहीहरूले सिदकियाह र उनका सिपाहीहरूलाई खेद्‌दै गए अनि त्यति बेला सिपाहीहरू सिदकियाह सँगै यरीहोको मैदानमा पक्राऊ परे। तिनीहरूले सिदकियाहलाई बाबेलका राजा नबूकदनेस्सर जो हमात देशको रिबला शहरमा थिए त्यहाँ पुर्याए। रिबला शहरमा बाबेलका राजा नबूकदनेस्सरले सिदकियालाई कस्तो व्यवहार गर्नु पर्ने, बताए।

यर्मिया 52:8

तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यरीहोको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे।

एफिसी 6:11

परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ।

Interlinear

Choose Theme